आज राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण लाग्ने, ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने

शेयेर गर्नुहोस

टीकापुर/आज शनिवार राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ ।
समितिका अनुसार चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । ग्रहणको समयमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।


ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ।


यस्तै, ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ। ग्रहणका समयमा नित्य कर्ममा कुनै बाधा नहुने समितिले जनाएको छ । २०८० सालमा यो एउटामात्रै ग्रहण भएको समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Allure of Wildies in Modern Slot Machines

Kudos Bet Geluk en Verstand bij Online Speelautomaten

How to Boost Your Odds of Winning Free Slot Machines and Video Slots Online

Talismánia Bűvöleti Játszószoba

Do Any Type Of Gambling Establishments Approve Bitcoin?

Winstorming with Winspirit Slot Machines: A Guide to Online Casino Games

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढी उपमहानगरपालिकाको निर्णय प्रती संघ संगठनको ध्यानाकर्षण

जमुना न्युरे,धनगढी / धनगढीमा समायाेजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफुहरूमाथि अन्याय भएकाे भन्दै सराेकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन । धनगढी उपमहानगरपालिकाले समायाेजनमा कार्यरत कर्मचारीलाई साउन

अझै पढ्नुहोस्
समाचार

बाँसबाट हस्तकलाको सामाग्री बनाउने सिप विकास तालिम सम्पन्न

सुखड/घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा सञ्चालित बाँसबाट हस्तकलाको सामाग्री बनाउने सिप विकास तालिमको सम्पन्न भएको छ । पालिकामा रहेको  गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम(मेड्पा)को आयोजनामा

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. २ मा प्रथम वडा भेला सम्पन्न

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. २ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ । बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. २

अझै पढ्नुहोस्