अवैध खयरको काठसहित ट्याक्टर र चालक नियन्त्रणमा

शेयेर गर्नुहोस


जमुना न्युरे/कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ स्थित महिनापोखर वन क्षेत्रबाट अवैध खयरको काठ लोड गरिएको ट्याक्टरसहित एक जनालाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ।

सब डिभिजन वन कार्यालय सुखड र डिभिजन वन कार्यलय सशस्त्र वनरक्षक पहलमानपुरको गस्ती टोलिले से १ त ३६०५ नम्बरको ट्याक्टरमा ढुङ्गाले छोपेर मुनि काठ लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय पहलमानपुर प्रमुख डिभिजनल वन अधिकृत जनक पाध्यायले जानकारी दिए ।

उक्त ट्याक्टरबाट ३१ थान को परिमाण ३९.४५क्युबिक फिट खयरको गोलिया बरामद गरिएको छ।
ट्याक्टर चालक घोडाघोडी नगरपालिका–८ बस्ने ३६ वर्षीय प्रेम चौधरीलाई र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान गरि घट्नामा संलग्नलाई वन ऎन २०७६ र वन निमावली २०७९ अनुसार कानुनी कारबाही गरिने डिभिजन वन प्रमुख पाध्यायले बताए ।
डिभिजन वन कार्यालय पहलमानपुरले
निर्वाचनको समयमा कर्मचारी तथा सुरक्षा निकायहरू चुनावको तयारी र सुरक्षामा परिचालन हुने गर्छन्। यही मौकाको फाइदा उठाउँदै वन क्षेत्रमा तस्करीका घटनाहरू बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै वन कार्यालयले गस्ती र निगरानीमा कडाइ गरेको जनाएको छ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश निजामती सेवा ऎन २०७९ को पहिलो संशोधन कार्यन्वयन नगराउन माग सहित ज्ञापन पत्र

धनगढी/कर्मचारी समायोजन ऐन २०७५ बमोजिम यस सुदूरपश्चिम प्रदेशमा समायोजन भई यस प्रदेशमा कार्यरत सहायक चौथो तहका विभिन्न सेवा समूहमा तथा जनरल फरेष्ट्री समूह श्रेणी विहिन

अझै पढ्नुहोस्
समाचार

नक्कली टाचाँ बनाएर काठ तस्कर गर्दै

जमुना न्युरे/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा २ जोकाहा टोलमा खयरको काठ बरामद गरिएको छ । जोकाहा गाउँको पुर्ब पट्टी रहेको सूक्तिकाडा खोला बाट १ सय

अझै पढ्नुहोस्