TRENDING
Gambling enterprises que Aceitam Neteller: A Popular E-Wallet for Online Gaming
A 10 Legjobb Magyar Online Kaszinó 2026 Játssz És Nyerj”
नक्कली टाचाँ बनाएर काठ तस्कर गर्दै
Next
Prev

नक्कली टाचाँ बनाएर काठ तस्कर गर्दै

शेयेर गर्नुहोस


जमुना न्युरे/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा २ जोकाहा टोलमा खयरको काठ बरामद गरिएको छ ।

जोकाहा गाउँको पुर्ब पट्टी रहेको सूक्तिकाडा खोला बाट १ सय ८ थान खयर् गोलिया अबैध काठ बरामत बरामद गरियको छ ।सब डिभिजन वन कार्यालय साडेपानीको बिशेष गस्ती टोलिले ठुलो मात्रामा खयरको काठ , लुकाइ घाटगद्दी गरि राखेको अवस्थामा काठ बरामद गरिएको छ ।

स्थानीयका अनुसार चौड्याल आधारभुत बिधालयको चउरमा काठ सुरक्षाका साथ राखियको थियो । तस्करहरुले खयरको गोलियाको बाहिरको बोखल समेत नक्कली टाचाँ हानी कानुनि रुपमा बिधि पुर्‍यायको विशेष स्रोतले बताएको छ ।


अहिले सब डिभिजन वन कार्यालय साडेपानी र डिभिजन वन कार्यालय पहलमापुरको सयुक्त टोलिले बरामद गरियको गोलिया सब डिभिजन साडेपानीको कम्पाउडमा राखियको छ ।
विशेष स्रोतका अनुसार नजिकै रहेको चौड्याल आधारभुत बिधालयको कम्पाउड रहेका खयर रुख , स्थानीयको पुराना घरका खामा बला , अन्य ठाँउ बाट काठ ल्याइ संकलन गरियको जानकारी दिए ।


यति ठूलो परिमाणको काठ कहाँ बाट जम्मा भयो भन्ने अन्यौल सङ्गै नक्कली टाचाका बारेमा समेत सब डिभिजन प्रमुखलाई सन्का गर्ने ठाउँ रहेको स्थानीय बासिन्दा बताउँछन् ।
यता सब डिभिजन वन कायालय साडेपानीका प्रमुख शेर बहादुर भण्डारी आफू बिदा रहेकाले घट्ना बारेमा केही थाहा नभएको बताए ।


नक्कली टाचाँ कहाँ कसले प्रयोग गरिएको भन्ने विषयमा , यो काठ कस्को हो कहाँ बाट आयो नम्बरी आवादीको होकि , सार्बजनिक स्थानको , ब्यक्ति बाट किनियको हो भन्ने कुरा घटनाको अनुसन्धान बाट खोल्ने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वरिष्ठ डिभिजनल अधिकृत जनक पाध्यायले जानकारी दिए ।


घटनाको सत्यतथ्य अनुसन्धान गरि बन ऎन २०७६ अनुसार कानुनी कारबाही गर्ने डिभिजनल प्रमुख पाध्यायले बताए ।
पछिल्लो समयमा दिन प्रतिदिन काठ पैदावर चोरिनिकासी भै रहेको पाइय पनि तस्करहरुले कानुन प्रक्रिया पूरा गरि नक्कली कागजात र टाचा निर्माण गरेको यो पहिलो घटना रहेको छ ।यसरी समयमा समय सापेक्ष अनुसार प्राबिधिक ज्ञान नलिए सरक्षण चुनौती थपिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

ट्राफिक प्रहरी पाेष्ट सत्तिद्वारा चेकजाँच कडाइ

टीकापुर/ कैलालीको टीकापुर स्थित अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिले चेकजाँचमा कडाइ गरेको छ । अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिमा किशोर बहादुर सिंह इन्चार्ज भइ आए

अझै पढ्नुहोस्
Highlights

धनगढीको उर्मामा काठ चोरीको अभियोगमा सामुदायिक वनका सचिव पक्राउ

धनगढी,८ मंसिर/धनगढी को एक सामुदायिक वनका सचिव पक्राउ परेका छन् । उपमहानगरपालिकाको एक सामुदायिक वनका सचिवलाई काठ चोरीको अभियोगमा सव डिभिजन वन कार्यालय फूलबारीले पक्राउ

अझै पढ्नुहोस्