अतिक्रमण हटाउने नाममा भिरबाट टेम्पो खसालेको दुर्घटना घटेको डिभिजन वन कार्यालयको दाबी

शेयेर गर्नुहोस

धनगढी: वन अतिक्रमण हटाउने नाममा भिरबाट टेम्पो खसालेको डिभिजन वन कार्यालय धनगढीले उक्त घटनालाई दुर्घटनाको रूप दिन खोजेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पाँच–सात जना वन कर्मचारीले टेम्पोलाई भिरमा धकेलेको स्पष्ट देखिए पनि वन कार्यालयले ‘दुर्घटनावश भिरबाट खस्न पुगेको हो’ भन्दै ढाकछोप गर्ने प्रयास गरेको हो ।

‘अतिक्रमण हटाउने अभियान चलिरहेको अवस्थामा वन टोलीले गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो,’ डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरसहित २२ वन कर्मचारीले सयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटनावश भिरबाट खस्न पुगेको यथार्थ जानकारी गराउन चाहन्छौँ ।

सिंगे टेम्पो खसालेको वनको टोलीले विज्ञप्तिमा भने त्यसलाई फलामे अस्थिपञ्जरको नाम दिएको छ । ‘सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो उक्त टेम्पो कुनै गुड्ने वा चालु हालतमा रहेको सवारीसाधन नभई चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा धकेलेर सार्नसमेत गाह्रो हुने फलामे अस्थिपञ्जर मात्र थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘जसलाई केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहरो (खोका) को रूपमा त्यहाँ स्थापना गरिएको थियो । सो कवाडी ढाँचालाई एक महिनाअगाडि नै हटाउन निर्देशन दिँदा सँगैका अन्य १० छाप्राहरू हटे पनि सो कथित टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरी नहटाएकोमा वन कर्मचारीहरूले धकेलेर उक्त टेम्पोलाई निजको घरसम्म पुगाएका थिए । उक्त टेम्पो निजले पुनः सोही ठाउँमा ल्याई पसल सञ्चालन गर्दै आएका थिए ।’

भिरमा फालिएको टेम्पो कैलालीको गोदावरी नगरपालिका– ४ बासपानीकी धनादेवी धामीको हो । धामीका अनुसार गोदावरीको गाईमारे डाँडास्थित सडक छेउमा राखिएको थियो । धामीले भने उक्त टेम्पो चालु अवस्थामै रहेको र घर लैजाने भन्दाभन्दै भिरबाट फालिएको आरोप लगाएकी छन् ।

ताजा खबर

Comprehending ESA Letters in Michigan: A Comprehensive Guide

Geen Storting Online Casino Bonus: Een Ultieme Overzicht voor Gratis Gokken

Ideales Giros Gratis Sin Pago Inicial: Una Visión General Completa para Jugadores de Establecimiento de Apuestas En Línea

Online Casino Slots

Top Online Gambling Establishments that Accept Bitcoin Deposits: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Безопасные зеркала Вавада для азартных игр 2026

Безопасные зеркала Вавада для азартных игр 2026 Необходимость использовать альтернативные ресурсы для доступа к игровому контенту становится актуальной. Современные игроки часто сталкиваются с ограничениями доступа

अझै पढ्नुहोस्