TRENDING
Next
Prev

अतिक्रमण हटाइ वृक्षारोपण गर्‍यो डिभिजन वन धनगढी

शेयेर गर्नुहोस


सुखड/गौरीगङ्गा नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वनको अतिक्रमित वनक्षेत्र खाली गराई वृक्षरोपण गरिएको छ । यहाँ तीन दशमलव नौ हेक्टर क्षेत्र खनजोत गरी अतिक्रमण गरिएको थियो ।

डिभिजन वन कार्यालय, कैलालीले वन कर्मचारी, सुरक्षा निकाय र स्थानीय उपभोक्ताको सहयोगमा अतिक्रमित वन क्षेत्र आज खाली गराएको छ । उक्त क्षेत्रमा आजै विभिन्न प्रजातिका छ हजार बिरुवा रोपिएको डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिए ।

अतिक्रमण हटाउने कार्यमा डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र वन रक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो । वृक्षरोपणसँगै अतिक्रमणमुक्त गरिएको उक्त वन क्षेत्रको सुरक्षाका लागि ९८२ मिटर लामो ट्रेन्च नाली निर्माण गरी तारबारसमेत गरिएको डिभिजनल वन अधिकृत भट्टले जानकारी दिए ।

असारको अन्तिम साता रातिको समयमा केही व्यक्तिले ट्र्याक्टर प्रयोग गरी उक्त सामुदायिक वनको जमिन जोतेर मास छरेपछि सामुदायिक वन उपभोक्ता समूहले त्यसको प्रतिकार गरेको थियो । अतिक्रमणकारीले अवरोध सिर्जना गरेपछि समूहले सवडिभिजन वन कार्यालय, उदासीपुरमार्फत डिभिजन वन कार्यालय, कैलालीलाई अतिक्रमण हटाउन सहयोगका लागि अनुरोध गरेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदमबहादुर ऐरले बताए ।

त्यसपछि असार ३१ गते डिभिजनल वन अधिकृत भट्ट, गौरीगङ्गा नगरपालिका प्रमुख देवीलाल कँडेल, वडा नं १० का अध्यक्षलगायत जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिको टोलीले अतिक्रमित क्षेत्रको स्थलगत अनुगमन गरेको सव डिभिजन वन कार्यालय उदासीपुरका सहायक वन अधिकृत केशवराज पौडेलले बताए ।

त्यसै आधारमा सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले अतिक्रमित वन क्षेत्रलाई तत्काल खाली गराई वृक्षरोपण र तारबार गर्ने निर्णय गरेको थियो । “सोही निर्णय कार्यान्वयन गर्दै आज उक्त अतिक्रमित वनक्षेत्र खाली गराई टे«न्च निर्माण, तारबार र वृक्षरोपण गरिएको हो”, डिभिजनल वन अधिकृत भट्टले भने ।

कैलाली वन अतिक्रमणको दृष्टिकोणले देशकै सबैभन्दा संवेदनशील क्षेत्र मानिन्छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार देशभर अतिक्रमणमा परेको कूल एक लाख चार हजार हेक्टर वन क्षेत्रमध्ये ३८ प्रतिशतभन्दा बढी कैलालीमा मात्रै रहेको छ, जुन ३८ हजार ४० हेक्टर हुन आउँछ ।

उहाँले अतिक्रमण नियन्त्रणका क्रममा आउने व्यवहारिक कठिनाइ समाधान गर्न वन निर्देशनालयले आफ्नै जेसिबी खरिद गरी प्रयोगमा ल्याएकाले अतिक्रमण नियन्त्रणमा सघाउ पुगेको बताए ।

वन अतिक्रमणका पछाडि व्यक्तिगत स्वार्थ मात्र नभई सङ्गठित र राजनीतिक कारणहरू पनि जिम्मेवार रहेको निर्देशक विष्टको भनाइ छ । “भू–माफियाहरूले सुकुम्बासी र बाढीपीडितका नाममा वन कब्जा गराउने, भोट बैंकको राजनीतिका कारण अतिक्रमणले राजनीतिक संरक्षण पाउने र सरकारी निकायबाटै वन क्षेत्रमा सडक, भवनजस्ता संरचना निर्माण हुने प्रवृत्तिले समस्यालाई थप जटिल बनाएको छ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Mostbet Canlı Bahis: Real-Zamanlı İdman Əlaqəsi Üçün İpucları

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सिएमसीको आयोजनामा २ दिने तालिम शुरु

सुखड/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा कैलालीको सुखडमा २ दिने ‘अभिलेख व्यवस्थापन’ तालिम शुरु भएको छ । तालिमको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ

अझै पढ्नुहोस्

7 von 10 Gewinner lieben das einfache Gameplay : Plinko online testen + deine Spielerfahrung auf das nächste Level bringen dank einem Leitfaden rund um maximale Gewinne : legal in Deutschland erklärt und bis zu 96% Ausschüttungsquote sowie mit 2000x Einsatz-Multiplikator

Glücksspiel-Innovation: Plinko demo für risikoloses Vergnügen und Strategieentwicklung – Dein Schlüssel zum Erfolg. Das Prinzip von Plinko: Eine detaillierte Erklärung Strategien und Taktiken im Plinko-Spiel

अझै पढ्नुहोस्