अझै खुलेन धनगढी –१८ को वडा कार्यलयको तालाबन्दी

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कैलाली धनगढी उप–महा नगरपालिका वडा नम्बर–१८को वडा कार्यलयमा भएको तालाबन्दी चार दिन बितिसक्दा समेत खुलेको छैन् । वडा कार्यलयले राजनितिक पुर्वाग्राही राखी ज्यालादारी कर्मचारीलाई निकाले को भन्दै स्थानिय राजनितिक दल र स्थानीय बासीले भदौ २ गते तालाबन्दी गरेका थिए ।

वडा कार्यलयमा ज्यालादारी कर्मचारीको रुपमा काम गर्दै आएका रामप्रसाद चौधरी र सहबिर खड्कालाई कामबाट हटाएर अरु कर्मचारी राखेको भन्दै स्थानिय जनता र राजनितिक दलहरुले बिरोध संगै तालाबन्दी गरेका थिए । चौथौ दिन सम्म पनि तालाबन्दी नखुल्दा स्थानीय सेवाग्राहीहरु सेवाबाट बन्चित भएका छन् । तालबन्दी भएको चार दिन सम्म पनि सरोकारवालाहरु गम्भिर नभएको स्थानीयको आरोप छ ।

स्थानिय राजनितिक दलहरुले वडा कार्यलयमा ज्यालादारी कर्मचारी निकालिएको बिषयमा वडा अध्यक्ष भुवन रिजालसंग जवाफ मागेका थिएका थिए । वडा अध्यक्ष रिजालले स्पष्ट जवाफ नदिएको र राजनितिक पुर्वाग्रहीले कर्मचारी कर्मचारी हटाएको भन्दै तालाबन्दी गरेको स्थानीय राजनितिक दलहरुले बताउदै आएका छन् ।

आईतबार बिहान स्थानिय राजनितिक दलका नेता तथा हटाईएका ज्यालादारी कर्मचारी र उनका आफन्तहरु वडा कार्यलय पुगेका थिए ।तर वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुले तलाबन्दी र हटाईका ज्यालादारी कर्मचारीका बिषयमा छलफल नै गर्न नचाहेको पुर्व वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता मुरारी अधिकारीको आरोप छ ।

बिगत ५ वर्षदेखि निरन्तर ज्यालादारीमा कामगर्दै आएका कर्मचारीलाई बिना कुनै जानकारी कामबाट हटाउनु गलत भएको नेपाली काँग्रेसका नेता लक्ष्मीप्रसाद देबकोटाको भनाई छ । कर्मचारी आबश्यक नभए हटाउनु स्वभाबिक भएको बताउदै देवकोटाले कार्यरत कर्मचारी हटाएर सोहीपदमा अर्को कर्मचारी राख्नु सरासर गलत कार्य भएकोले निर्णय सच्याउनु पर्नेमा उनको भनाई छ ।

यता वडा अध्यक्ष भुवन रिजालले वडा कार्यलयमा लगाईएको तालाबन्दी खोल्न प्रयास भईरहेको बताएका छन् । वडा कार्यलयमा भएको तालाबन्दीका बिषयमा नगरप्रमुख गोपाल हमाललाई जानकारी गराएको उनले बताए ।

भदौ २ गते बैठक बसी छलफल गर्दैगर्दा एकाएक तालाबन्दी भयो अध्यक्ष रिजालले भने, “वडा कार्यलयले नगर सभाले गरेको निर्णय सच्याउन नसक्ने भएकोले तालबन्दी गर्नु जायज छैन्।” स्थानिय राजनितिक गठबन्धनको तालाबन्दी गर्ने कुनै निर्णय समेत नभएको आफुले जानकारी पाएको बताउदै स्थानीय निर्वाचन हारेको प्रतिशोधका कारण तालबन्दी भएको अध्यक्ष रिजालको आरोप छ ।

ताजा खबर

Winzter Free Spins Play’n GO Must-Try Slots

The Rise of Neteller Live Casino Sites: A Comprehensive Guide

Rated poker machines Australia for discerning punters

Finest Online Casino Site Real Money: An Overview to Picking the Right System

Play Slot Machine Free Online: The Ultimate Guide to Online Slot Machines

The Best Slot Machines To Play Inside Year”

सम्बन्धितखवर

छुटाउनु भयो कि !