मंगलमय बनाेस सबैमा बडा दशै तथा शुभ दिपावलि ।

शेयेर गर्नुहोस

हिन्दु नेपालीहरुको महान चाड वडा दशैं तथा शुभ दिपावली एकपटक फेरि घरआँगनमा आइपुगेको छ । वडादशैं तथा तिहार नेपालीहरुका लागि धार्मिक चाड मात्रै होइन, यो सांस्कृतिक र सामाजिक पर्व पनि हो ।

वडादशैं असत्यमाथि सत्यको विजयको प्रतिक पनि हो । आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतिक हो । वडादशैं मनाइरहँदा नौ दिन सम्म आदिशक्ति माता भवानीका नौ रुपको बडो भक्तिभावपूर्वक पुजा आजा हुने गर्दछ ।

दशैका नौ दिन सम्म हरेक आसुरी शक्तिलाई देवी भगवतिले एकएक गरेर संहार गरेको गाथा स्मरण गरिन्छ । महिषासुर, चण्डमुण्ड, रक्तवीज, लगायतका असरहरुको संहारको रोमाञ्चक कथा स्मरण गरिन्छ ।

विभिन्न कालखण्डमा विभिन्न रुप धारण गरेर आसुरी शक्तिहरुको नाश गर्दै भक्तजनहरुको रक्षा गरेको गाथा स्मृतिमा आउने गर्दछ ।

चाडबाडमा जे सुकै विकृत संस्कृति र गतिविधि भित्राए पनि यी चाडपर्वको मुल धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व र पक्ष कहिल्यै कमजोर हुँदैन । किनकि यी चाडपर्व हामी नेपालीहरुको विशिष्ट मौलिक परिचय हो ।

त्यसैले दशैं तिहारका बारेमा विभिन्न कोणबाट टिकाटिप्पणी हुंदै आए पनि नेपाली समाजमा यी चाडपर्व प्रतिको आकर्षण तथा विश्वास कहिल्यै पनि रत्तीभर पनि कमी आएको छैन । माता भवानीले तपाई हामी सबैको भलो गरुन् वडादशैं २०७८ को पावन अवसरमा देश भित्र र बाहिर रहेका सबै नेपाली दिदी बहिनी दाजु भाईहरुमा मंगलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन

धनगढी/चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ ९विसिएन०ले बेलौरी, पुनर्वास नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा चरा

अझै पढ्नुहोस्
समाचार

हमास समूहको नियन्त्रमा रहेका विपिनको रिहाइका प्रयास परराष्ट्रमन्त्री: राणा

धनगढी/परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले  हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको धनगढीमा भएको एक कार्यक्रममा बताए। नेपाली कांग्रेस

अझै पढ्नुहोस्
समाचार

बन्यजन्तुको आक्रमण मृत्यु भयको परिवारलाई राहत दिइयो

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० भिमवस्ती मदन टोलकी कलसा सार्कीका परिवारलाई राहात रकम प्रदान गरिएको छ । सामुदायिक वन समन्वय समिति कंचनपुरले

अझै पढ्नुहोस्
समाचार

हरेक बर्ष जस्तै यो बर्ष पनि डमरु हुर्काउन बसन्ता वनमा पुग्यो पाटे बाघ

 जमुना न्युरे,धनगढी / कैलालीको गौरीगङ्गा नगरपालिकाको मसुरिया क्षेत्रमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको संरक्षणकर्मीले जनाएका छन् ।

अझै पढ्नुहोस्