प्रजनन केन्द्र बनाउदै चराहरु घोडाघोडी ताल

शेयेर गर्नुहोस

धनगढी जमुना न्युरे/ विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताललाई विषादीमुक्त अभियान बनाउन थालेपछि लोपोन्मुख चरा देखिन थालेका छन्। पछिल्लो समयमा सरकारी तथा निजी क्षेत्रले संरक्षण, सम्बद्र्धन गर्नुका साथै विषादीमुक्त अभियान बनाउन थालेपछि लोपोन्मुख चरा प्रजननका लागि यहाँ आउन थालेका हुन्। बढ्दो अतिक्रमण, जलवायु परिवर्तन, खेतबारीमा विषादीको बढ्दो प्रयोगले चराको आहारा घट्दै जानु र विषादीका कारण वंश विनाश हुँदा चराका केही प्रजाति लोपोन्मुखको सूचीमा परेका छन्। यिनै लोपोन्मुखको सूचीमा परेका चराहरुले घोडाघोडी ताल क्षेत्रलाई सुरक्षित बासस्थानका रुपमा लिन थालेका छन्। ताल क्षेत्रमा सूचक प्रजाति गणना गर्दा वर्षौदेखि ताल क्षेत्रबाट हराएको रातो जुन बकुल्ला फेला परेको छ।

‘वर्षौ पहिले रातो जुन बकुल्ला यहाँ भेटिन्थे, पछिल्ला वर्षहरुमा यहाँबाट हराएका थिए,’ चराविद् दयाराम चौधरीले भने,‘अहिले पुनः रातो जुन बकुल्ला घोडाघोडी ताल क्षेत्रमा ५० को संख्यामा देखिएका छन्।’ यहाँ बगाले सिमकुखुरा आफ्ना बचेरासहित फेला परेको छ भने सिलसिले हाँस बढेका छन्। सिलसिले हाँस पनि घोडाघोडी ताल क्षेत्रमा गत वर्षभन्दा बढी देखिएका छन्। यस्तै घोडाघोडीको सूचक प्रजाति हरिहाँसको संख्या पनि बढेको उनले बताए ।

पछिल्लो समयमा घोडाघोडी ताल क्षेत्रमा चराहरुको संरक्षणका लागि भएको प्रयासले यहाँ चराको संख्यामा वृद्धि भएको लामो समयदेखि चरा सम्बन्धी काम गर्दै आएकी मनिसा चौधरीले बताइन्। उनका अनुसार घोडाघोडी ताल क्षेत्रबाट हराएको कुर्मा चरा पनि भेटिन थालेका छन्। ‘घोडाघोडी तालको सूचक प्रजातिका रूपमा रहेको हरिहाँसले पनि यस क्षेत्रलाई प्रजनन् केन्द्र बनाएको छ,’ उनले भनिन्,‘जसले गर्दा घोडाघोडी ताल क्षेत्र चराको प्रजनन्का लागि उचित र सुरक्षित स्थलका रुपमा चिनिन थालेको हो।’ विश्वमै लोपोन्मुख रहेका चराका प्रजाति घोडाघोडी ताल क्षेत्रमा देखिनुले पनि यहाँ ती चराका लागि सुरक्षित वासस्थान छ भन्न सकिने आधार देखिएको उनको भनाइ छ। घोडाघोडी ताल क्षेत्रमा सूचक प्रजाति गणना गर्दा वर्षौदेखि ताल क्षेत्रबाट हराएको दुर्लभ मानिने रातो जुन बकुल्ला चरा फेला परेको छ।

‘ताल क्षेत्रमै लोपोन्मुख चराले बासस्थान बनाई बचेरा समेत हुर्काउन थालेका छन्,’ उनले भनिन्,‘सुरक्षित बासस्थान, आहारको पर्याप्तताका साथै अनुकूल हावापानीले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराका लागि सुरक्षित प्रजनन् स्थलका रुपमा रहेको छ।’ सुरक्षित स्थल भएकाले पनि घोडाघोडी ताल क्षेत्रलाई दुर्लभ चराले प्रजनन्का लागि छान्न थालेको बताउँदै चराविद् चौधरी भन्छन्, ‘पछिल्लो समयमा घोडाघोडी ताल क्षेत्रमा चराले बचेरा हुर्काउन थालेपछि घोडाघोडी ताल क्षेत्र दुर्लभ चराका लागि उपयुक्त हावापानी, आहारा र सुरक्षित स्थल मानिएको हो।’ यस्तै घोडाघोडी ताल क्षेत्रबाट हराएको जल अप्सरा चरा पनि फेरि भेटिएको छ। जल अप्सरा रैथाने चरा भए पनि उचित व्यवस्थापन, बासस्थान नहुनु र चोरी सिकारीका कारण लोपोन्मुख अवस्थमा पुगेका थिए। घोडाघोडी चराको लागि विश्वमै परिचित क्षेत्र भएकाले यस क्षेत्रमा चरा अवलोकन पर्यापर्यटनको प्रवद्धन गरी स्थानीयको जीविकोपार्जनमा टेवा पुर्‍याउन सकिने उनी बताउँछन्। नेपालमा घुमन्ते चराको रुपमा आउने बगाले सिमकुखुरा अहिले यहाँ स्थायी बासस्थान बनाइ प्रजनन प्रक्रिया गर्न थालेका छन्। हिउँदमा आउने आगन्तुक चराका रूपमा रहेको बगाले सिमकुखुरा रैथाने चरा हुन थालेको पनि चौधरी बताउँछन्। नेपालमा साइबेरियाबाट जाडो छल्नका लागि मात्र आउने आगन्तुक लोपोन्मुख तथा दुर्लभ चराको उचित बासस्थान भएको हावा, पानीसँग मेल खाएका कारण दुर्लभ चराको संख्या घोडाघोडीमा थपिन थालेको उनी बताउँछन्। नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरा मध्ये ३ सय १३ प्रजातिका चराको बासस्थान घोडाघोडी ताल क्षेत्र हो।

ताजा खबर

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

Online Free Live Roulette: A Comprehensive Guide

Online Online Casino No Deposit Bonus Offer: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीको गेटामा भोलिबाट अस्पताल सञ्चालनमा आउने

धनगढीः कैलालीको गेटामा भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको छ। एक सय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पुरा भएपछि भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको हो। 

अझै पढ्नुहोस्