TRENDING
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Next
Prev

मुख्यमन्त्री शाहको निर्देशनमा वन पैदावारको लिलाम बिक्रीवितरण तत्काल रोक

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले वन पैदावारको लिलाम बिक्रीवितरण तत्काल रोक्न निर्देशन दिएपछि  आम उपभोक्ता समस्यामा परेका छन् ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको ठाडो निर्देशनमा यस्तो समस्या ब्यहोर्न उपभोक्ता बाध्य भएका हुन् । हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री आफैले सम्हाल्दै आएका छन् ।

मन्त्रालयले डिभिजन वन कार्यालय कैलाली र पहलमानपुर मार्फत हुने वन पैदावारको लिलाम बिक्री वितरण तत्काल रोक्न निर्देशन दिएको छ ।
तर खासकुरा अर्कै हो । मुख्यमन्त्री शाहले डिभिजनल वन अधिकृतहरुको सरुवा प्रक्रियापछि कञ्चनपुरमा कार्यरत डिभिजनल वन अधिकृत रामविचारी ठाकुरलाई कैलाली, कैलालीका कृष्णदत्त भट्टलाई पहलमानपुर र पहलमानपुरका रामचन्द्र कडेललाई कञ्चनपुरमा नियम विपरीत सरुवा गरेका थिए ।

अवधि नपुग्दै निजामती सेवा नियमावली विपरित १० महिनामै सरुवा गरिएको भन्दै भट्ट र कडेलले उच्च अदालत दिपायलमा रिट दिएका थिए । उच्च अदालतले रिट उपर प्रारम्भिक सुनुवाई गर्दै गत भदौ ५ गते सरुवा निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

ठाकुरलाई जसरी पनि कैलालीमै यथावत राख्नुपर्ने चर्को दबाब वन मन्त्रालयमा परेका कारण सचिवमार्फत वन पैदावार विक्रीवितरण रोक्का गर्ने पत्र काटिएको स्रोतको दाबी छ ।

जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितका कारण चोरी पैठारी रोक्न वन पैदावार विक्रीवितरण रोकेको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले बताए ।

तर,सचिव कोइरालाले भनेजस्तै त्यो परिस्थिति भने होइन् । २१ दिने सूचना प्रकाशित गरेर म्याद समाप्त हुँदा पनि कार्यालयमा कामकाज नहुँदा आर्थिक व्ययभार बढेको उपभोक्ताको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Kényelmes nyeremények és izgalmas játékélmény a Mostbet casino kínálatában mostantól elérhető

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

वनको धेरै विषय दलको कब्जामा छ तर विभागलाई दोष दिइन्छ ;देवशमणी त्रिपाठिको अन्तर्वार्ता

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिँदा ४ वर्षमा सक्ने गरि सम्झौता भएको थियो। २०७४ मा सम्झौता भए पनि अहिलेसम्म एक तिहाइ कामसमेत फत्ते हुन

अझै पढ्नुहोस्