TRENDING
Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games
How do online casino bonus codes work?
Play Free Slot Machines: A Guide to Online Port Gamings
No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations
Next
Prev

थारु समुदायको मौलिक गुरही पर्वको मनाइयो

शेयेर गर्नुहोस


सुखड/थारु समुदायको मौलिक पर्वको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका १ सुखड नगर स्तरीय गुरही असरैना कार्यक्रम २०८२ भव्यताका साथ मनाइएको छ । “भाषा कला,संस्कृति,परम्परा हमार पहिचान : यकर संरक्षण ओ संवर्द्धन कैना हमार अभियान” भन्ने मूल नाराका घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिको अगुवाइमा ‘गुरही असरैना’ कार्यक्रम मनाइएको हो ।

कार्यक्रमको उद्घाटन घोडाघोडी घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले गरेका थिए । यस्तै, उपप्रमुख गुलिया कुमारी चौधरी,वडाअध्यक्षहरु,सुरक्षा निकाय लगायत विभिन्न थारु नेता, अगुवा तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले कला संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताए । आफ्नो कला संस्कृतिहरूलाई बचाउनको लागी स्वयम आफै लाग्नु पर्ने उनीहरूको धारण रहेको थियो ।

उप प्रमुख गुलिया कुमारी चौधरीले गुरही पर्वको छुट्टै महत्त्व रहेको बताइन् । यसलाई संरक्षण गर्न अति जरुरी रहेको उनले बताइन् । यो पर्व प्रकृतिको पूजा गरिने हुँदा यसको महत्त्व बढी रहेको उनले बताइन् । सयौँको सङ्ख्यामा कार्यक्रममा हेर्न आउने र सो कार्यक्रम नाचगान रमाइलो गर्नेहरूको सहभागिता थियो ।

कार्यक्रममा थारु संस्कृति झल्किने विभिन्न नाचगान प्रस्तुत गरिएको थियो । गुरही पर्व मनाउनको लागी घोडाघोडी नगरपालिकाका विभिन्न गाउँ बाट धेरै सङ्ख्यामा महिला,बाल बालिका र पुरुषहरूको सहभागिता रहेको थियो । नाग पञ्चमीकै दिन यो पर्व मनाइने हुनाले गुरहीलाई थारु समुदायले धूमधामका साथ मनाएका हुन ।

गुरही पर्व थारु समुदायले मनाउने एक महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको पर्व हो। पश्चिम नेपालका कैलाली, कञ्चनपुर लगायतका जिल्लामा श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको दिन मनाइन्छ । कार्यक्रममा कपडाको पुतली (गुरही) बनाएर त्यसलाई गाउँको चोकमा लगेर पिट्ने (असरैना) गरिन्छ । जसले गाउँघरमा रहेका रोगव्याधी र दुष्ट आत्माहरू भाग्छन् भन्ने विश्वास छ ।

थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नाग बाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नाग बाबाले घरमा प्रवेशबाट रोकुन् भन्ने नै हो ।

गुरहीकै दिनदेखि वर्षा याम अन्त्य भई हिउँद सुरु भएको मानिन्छ । तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबै जना घरमा फुर्सदिलो भएका बेला आउने यो पर्व पर्दछ । यसलाई नाग पञ्चमीको रूपमा पनि मनाइन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नाग पञ्चमी भनेर मनाउँछ ।

नाग पञ्चमीमा विशेष गरी नेपालीहरू नाग बाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँ अनुसार ‘गुरही’ पर्व फरक फरक ढङ्गले मनाइन्छ । घोडाघोडी नगर स्तरीय भलमन्सा कार्य समितिका कार्यवाहक अध्यक्ष अमन चौधरीको सभाध्यक्षमा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन अन्जान चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games

How do online casino bonus codes work?

Play Free Slot Machines: A Guide to Online Port Gamings

No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations

Ideal Cent Port Machines to Play: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

खो–खो विश्वकप उपविजेता नेपाली टोलीको धनगढीमा भव्य सम्मान

धनगढी, १८ माघ – प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीका १२ जना खेलाडी तथा व्यवस्थापकलाई धनगढीमा भव्य सम्मान गरिएको छ । सुदूरपश्चिम खो–खो

अझै पढ्नुहोस्

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्