मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरोकारवालाहरुसंग सम्मन्यात्मक कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी, १३ साउन / ‘हाम्रो आवाज : चेलीबेटी बेचबिखनबाट मूक्त समाज’ भन्ने मूल नारासहित धनगढीमा आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ मनाइएको छ। माइती नेपाल, धनगढी शाखाको आयोजनामा आयोजित उक्त कार्यक्रममा प्रशासन र सरोकारवाला संघ–संस्थाबीच सम्मन्वयात्मक छलफल गरिएको हो।

कार्यक्रममा धनगढी उपमहानगरपालिका- २ का अध्यक्ष धर्मराज ओझा , माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, त्रिनगर भन्सार नाकामा सेवारत संस्थाका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

छलफलमा चेलीबेटी तथा बालबालिकाको बेचबिखन रोकथामका लागि कानुनी, सामाजिक र संस्थागत पक्षलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकता औँल्याए। कार्यक्रममा माइती नेपालका प्रतिनिधिहरूले सीमावर्ती क्षेत्रहरूमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्थानीय निकाय, प्रहरी र नागरिक समाजबीच सहकार्य र सूचना प्रवाहमा मजबुती ल्याउनुपर्नेमा जोड दिए।

माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले आर्थिक वर्ष २०८१/०८२ मा जोखिमबाट १४० जनालाई जोगाएको तथ्याङ्क प्रस्तुत गरे । यस्तै १४३ जनालाई आवासीय सेवा प्रदान गरेको र भारतबाट ३ महिलाको उद्धार सँगै १३ हजार ८ सय ७६ जनालाई परामर्श सेवा प्रदान गरेको प्रस्तुतिकरण बाट सार्वजनिक गरे ।

मानव बेचबिखनलाई रोक्न सर्वप्रथम अभिभावकले सचेत हुनु पर्ने वडा नं २ का अध्यक्ष धर्मराज ओझाले विषयको उठान गरे । उनले भने नाकामा मात्रै बसेर मानव वेचविखन रोक्न सम्भव नरहेको उनको भनाइ थियो ।

ताजा खबर

Can My Health Care Physician Create an ESA Letter?

Explore Online Slot Machines With Free Bonus Play

The Ultimate Guide to Online Roulette Gambling

बाघको आक्रमणबाट एक जनाको मृत्यु

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशकाे निर्वाचनमा कुनै पार्टी संग तालमेल नगर्ने

टीकापुर/नगरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सभा सदस्यकालागि कुनै दल संघ तालमेल र गठबन्धन नगर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले कुनै

अझै पढ्नुहोस्
समाचार

शान्ति र पुनर्निर्माणका लागि एकताबद्ध भएर जुटन आग्रह सभापति देउवा दम्पती माथिको भएको आक्रमण निन्दनीय

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले मंगलबार एक वक्तव्य जारी गर्दै Gen -Z आन्दोलन पश्चातको घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउनका लागि सबै पक्षसंग

अझै पढ्नुहोस्