सामुदायिक वनमा मृत अवस्थामा पाटेबाघ फेला

शेयेर गर्नुहोस


जमुना न्युरे,टीकापुर/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा २मा रहेको जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको बिच धना जङ्गलमा बयस्क पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

सामुदायिक वनको बिचमा घना जङ्गलमा मृत अवस्थामा फेला पोथी पाटेबाघको अगाडि भागको शरीर चोट देखा परेको छ ।
मृत पाटेबाघ १सय ८० केजि तौल लम्बाइ १०३ इन्च , चौडाई ४० इन्च र गोलाइ ५८ इन्च रहेको सब डिभिजन वन कार्यलय टिकापुरका प्रमुख दिलिप यादवले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज बाट सामुदायिक वनमा आहारबिहारको लागि आयको पोथी बाघ जङ्गलको बिच भागमा मरेको हुदा बाघ गहनाय पछि मात्र थाहा भएको हो ।
पोथी बाघ रहेकाले भाले बाघ सङ्ग बिचरणको समयमा झगडाका कारण भालेको आक्रमण बाट मरेको हुन सक्ने प्रारम्भिक अनुमान गरियको यादवले बताए ।

अहिले मृत बाघको पोस्टमार्टका ,घट्नाको थप अनुसन्धान का लागि बर्दिया राष्ट्रिय निकुञ्ज बाट डा . आयुश महर्जन लगायत को प्राबिधिक टिम, सब डिभिजन वन कार्यलय टिकापुर टोलि घटनास्थल पुगेको छ ।

सबडिभिजन वन कार्यलय टिकापुर को टोलि घटनास्थल पुगेको छ , टोलिले घटनाको थप अनुसन्धान गरिने बाघको विभिन्न अङ्गहरु झिकेर पोस्टमार्टमको सम्बन्धि निकाएमा पठाइने , बर्दिया राष्ट्रिय निकुञ्जको प्राबिधिक टोलि , स्थानीय जनप्रतिनिधि ,टिकापुर नगरपालिका पशु प्राबिधिक, पत्रकार , बनकर्मचारी रहोबरमा मुचुल्का बनाएको सब डिभिजन वन कार्यलय टिकापुर का प्रमुख यादवले जानकारी दिए ।

पछिल्लो समय चिसापानी जैविकमार्ग मा बन्यजन्तुहरु मृत अवस्था भेटिने बढ्दो रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज बाट बन्यजन्तु पानी खान कर्णाली नदिमा आउने गरेको , बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको ,तिनको आहारबिहारमा कमि भएको ,मानव बन्यजन्तु बिचको द्वन्द्व बढेको , बासस्थानमा कमि , कर्णाली नदि धार परिवर्तन गरि निर्माण गरेका भंगालोहरु , गेरुवा भंगालो मा बन्यजन्तुले पिउने पानी कमि भए पछि बन्यजन्तु अरु तिर पानी पिउन आउदा मानव बन्यजन्तु द्वन्द्व बढेको , बन्यजन्तु आक्रमणमा पर्ने गरेको डिभिजन वन कार्यलय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत प्रमुख रामचन्द्र कडेलले बताए ।

ताजा खबर

Trixino Session Time Limits

Casea Casino: A Closer Look at Features and the Player Experience

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दुई वर्ष अघि लकडाउन भए सङ्गै बन्द भएका टिकापुर ९ का हाेटलहरु अझै सन्चालनमा आउन सकेका छैनन् ।

कोरोना भाइरसको महामारी फैलिए पछि नेपालमा लकडाउन र नाकाबन्दी भएपछि टिकापुर नगरपालिका ९ खक्कौला पुल पारि विगत केही वर्ष अघिबाट सन्चालनमा आएका एक दर्जन भन्दा

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री ,मन्त्री ,प्रदेश सासद र कर्मचारीहरुको रोकियो तलब

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र कर्मचारीको तलब रोकिएको छ । प्रदेशमा कार्यरत लेखा अधिकृतहरु आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो । वृत्ति विकासको मागसहित आन्दोलनमा

अझै पढ्नुहोस्