अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छापा

शेयेर गर्नुहोस

धनगढी/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छापा मारेको छ। अख्तियारको टोलीले छापा हानेर मन्त्रालयबाट महत्त्वपूर्ण कागजातहरू संकलन गरेको छ।

मन्त्रालयका सूचना अधिकारी भोजराज पाठकले आयोगको टोलीले बुधबार मन्त्रालयमा छापा हानेर कागजात लिएको बताए । ‘बुधबार अख्तियारको टोली मन्त्रालयमा आएको थियो । दिगो वनका सन्दर्भमा उहाँहरूले सोधीखोजी गर्नुभयो । आवश्यक कागजात मागेपछि हामीले उपलब्ध गराएका छौं । अहिले उहाँहरूले अध्ययन गरिरहनुभएको होला,’ पाठकले भने ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट दिगो वन व्यवस्थापन कार्यविधि पास गर्ने तयारी भइरहेका बेला कार्यविधि निर्माण र पारित गराउने क्रममा ठूलो आर्थिक चलखेल भएको अडियो सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो ।

उक्त अडियोमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको समेत संलग्नता देखिएपछि उनले पदबाट राजीनामा दिइसकेका छन् ।

सार्वजनिक भएको अडियोअनुसार मन्त्री चौधरीसहित सचिवालयका केही कर्मचारी र वन माफियाबीच दिगो वन व्यवस्थापन कार्यविधि निर्माणको लागि आर्थिक लेनदेन भएको संकेत गरिएको छ। अडियोमा मन्त्री चौधरीले ‘२५ देखि ३० चाहिने’ भन्दै रकमको विषयमा चर्चा गरिरहेको सुन्न सकिन्छ। तर, यो रकम करोड हो वा लाख भन्ने विषय भने अस्पष्ट छ।

अडियोमा एक अपरिचित व्यक्ति मन्त्रीलाई कार्यविधि छिट्टै पास गर्न दबाब दिइरहेको सुनिन्छ। ती व्यक्तिले शनिबारभित्रै प्रक्रिया टुङ्ग्याउन आग्रह गरेपछि मन्त्रीले त्यसैअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । साथै, मन्त्री चौधरीले मुख्यमन्त्री, पार्टी नेताहरू र अन्य व्यक्तिहरूलाई समेत आर्थिक हिस्सा दिनुपर्ने उल्लेख गरेका छन् । यसबाहेक, काठमाडौं गएर रेशम चौधरी र उनी नभए रञ्जिता श्रेष्ठसँग कुरा मिलाउने योजना बनाएको समेत अडियोमा सुनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wydajne narzędzie i https://mr-punter.atm.pl dla doświadczonych graczy sportowych

Uitgebreide mogelijkheden met crystalroll casino voor de ervaren speler

Elérhető lehetőségek a sportfogadók számára, a betmatch belépés megkönnyítése érdekében mostantól

Çekici kombinasyonlar sunan Gates of Olympus vodds taktikleri, kazanma ihtimalini artırıyor artık

Remarkable textures and crystalroll redefine modern decorative surfaces

Detailed perspectives concerning betmatch strategies unlock thrilling opportunities

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता: आठौँ दिनमा घोडाघोडी र सैपाल युवा क्लब विजयी,हिमालय र विजय स्पोर्ट्सले अङ्क बाँडेँ

सुखड /कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज आठौँ दिनमा बिहान र दिउँसो गरी दुई वटा ‘ए’ डिभिजनका खेल र एक

अझै पढ्नुहोस्