TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले दिए राजीनामा

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।

चौधरीले शनिवार मन्त्रालयमै पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन्। त्यसपछि उनले मुख्यमन्त्रीकहाँ गएर राजीनामा दिएका छन्। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि आर्थिक लाभ लिनेगरी बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताका आधारमा पदमा नबस्ने घोषणा गरेको बताए।

चौधरीले उक्त अडियो भदौ महिनातिरको भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन्। भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको दाबी गरेका छन्।

प्रदेशका मुख्यमन्त्रीको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको दाबी समेत गरिएको छ। सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आइतवार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ।

तर मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए। अडियोमा सार्वजनिक भएको विषयमा आफूले कुनै लेनदेन नगरेको तर वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेको दाबी मन्त्री चौधरीको छ। उनले आफूमाथि छानबिन गर्न माग गर्दै दोषी देखिए कारवाही भोग्न तयार रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मिडिया माथी भएको हिंसात्मक कार्यको दक्षिण एसिया पत्रकार महासंघ (SAJF) ले कडा शब्दमा निन्दा

धनगढी/नेपालमा हालै उत्पन्न नागरिक अशान्तिको क्रममा पत्रकार तथा मिडिया संस्थाहरूलाई लक्षित गर्दै भएका हिंसात्मक कार्यहरूको दक्षिण एसिया पत्रकार महासंघ (SAJF) ले कडा शब्दमा निन्दा गरेको

अझै पढ्नुहोस्

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्