सुखडमा १ सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा १ सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । “सबै महिला तथा बालिकाको लागी : अधिकार,समानता र सशक्तीकरण” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । विभिन्न गैर सरकारी संस्थाहरूको समन्वय,सहकार्य तथा घोडाघोडी महिला सञ्जालको सह–आयोजना र घोडाघोडी नगरपालिको आयोजनामा कार्यक्रम भएको थियो ।

दिवसको अवसरमा शनिवार बिहान प्रभात फेरी समेत गरिएको थियो । सुखड चोकबाट राजनीतिक दलका नेता, सरकारी तथा गैरसरकारी निकायका प्रमुख,महिलाहरू, समाजका अगुवाहरू, मानव अधिकार समूहका प्रतिनिधिहरू,आमा समुह,विद्यार्थीहरू तथा सुरक्षा कर्मी प्रभात फेरीमा सहभागी भएका थिए । प्रभात फेरीमा ¥याली बजार परिक्रमा गरी सुखडको हेलिप्याड प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य दिएका थिए ।

विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ ।

ताजा खबर

Elegance at the Wheel of Fortune in Posh Casino

Exploring the Games at Zaza Casino

La Strada del Pollo 2: Avventura di Gioco dAzzardo

Les Machines à Sous Démocratiques de lEmojiño Casinolabellique

Spinnar på Casoo Casino kan vara riskfylla

Queens Casino: De Geheimen van de Gokautomaat Ontdekt

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

के तपाइले महिलाले भोग्ने प्रसव पीडा सहन गर्नु भएको छ ?

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका युवा , महिला तथा बालबालिका मन्त्रालयका मन्त्री ओम बिक्रम भाटलाई एक युवाले प्रश्न गरे “के तपाईले प्रसव पिडा सहन गर्नु भएको छ

अझै पढ्नुहोस्