केराबारिमा मृत अवस्थामा चितुवा फेला

शेयेर गर्नुहोस


जमुना न्युरे,लम्की/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ रहेको मा रहेको सत्तिकर्णाली सामुदायिक वन उपभोक्ता समूह छेउ मा रामजानकी टोलमा मृत अवस्था चितुवा फेला परेको छ ।

सामुदायिक वनको छेउमा रहेको महेश रावलको केरा बारिमा मृत अवस्थामा फेला चितुवाको पछाडी भागको शरीर कस्ले खायको जस्तो देखियको छ ।पछाडिको भाग खुट्टाको पन्जा मात्र बाकी रहेको छ। चितुवा साढे २ बर्ष भाले रहेको सब डिभिजन वन कार्यलय टिकापुरका प्रमुख दिलिप यादवले जानकारी दिए ।

सत्ती सामुदायिक वन कैलालीको ठूलो सामुदायिक वन रहेको छ चितुवालाई पाटेबाघले हो या अन्य जनावरको आक्रमण बाट मृत भएको पोस्टमार्ट रिपोर्ट आय पछि थाहा हुने प्रमुख यादवले बताए ।

सामुदायिक वनमाको छेउमा केरा बारिमा चितुवा मृत फेला परेको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले भने भनिन आफुले सब डिभिजन वन कार्यलय टिकापुरलाइ खबर गरिएको बताए । चितुवा के कारणले मृत्यु भएको केही भन्न नसकिने बाताउदै सामुदायिक वन ठूलो र घना जङ्गल भएकोले जङ्गलि जनावरहरु एक आपसमा
झगडा गरेर भएको भन्ने आशन्का गरिएको छ ।

सबडिभिजन वन कार्यलय टिकापुर को टोलि घटनास्थल पुगेको छ , टोलिले चितुवाको घटनास्थल मुचुल्का गरि चितुवाको पछाडिको भाग नभएकाले अरु जनावरको आक्रमणमा परेको आशन्का गरि पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान गरिने चितुवालाई स्थानीय जनप्रतिनिधि ,टिकापुर नगरपालिका पशु प्राबिधिक, पत्रकार , बनकर्मचारी रहोबरमा मुचुल्का बनाएको सब डिभिजन वन कार्यलय टिकापुर का प्रमुख यादवले जानकारी दिए ।

पछिल्लो समय चिसापानी जैविकमार्ग मा बन्यजन्तुहरु मृत अवस्था भेटिने बढ्दो रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज बाट बन्यजन्तु पानी खाना कर्णाली नदिमा आउने गरेको , बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको ,तिनको आहारबिहारमा कमि भएको ,मानव बन्यजन्तु बिचको द्वन्द्व बढेको , बासस्थानमा कमि , कर्णाली नदि धार परिवर्तन गरि निर्माण गरेका भंगालोहरु , गेरुवा भंगालो मा बन्यजन्तुले पिउने पानी कमि भए पछि बन्यजन्तु अरु तिर पानी पिउन आउदा मानव बन्यजन्तु द्वन्द्व बढेको , बन्यजन्तु आक्रमणमा पर्ने गरेको डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख रामचन्द्र कडेलले बताए

ताजा खबर

Spielautomaten von Wunderwins Casino: Chancen und Risiken auf einen Blick

Verkehrskamera-Spiel: Automatenslot mit Verkehrszählern und Glücksspielen.

La Carretera del Pollo Aventurero

Glücksrad der Hühnerstraße

Glücksstrategie mit LuckyMate Casino

La Strada dellIndomito Pollo di Casinò

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम

टीकापुर/ कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार टीकापुर नगरपालिका वडा नं. १ मा यस क्षेत्रका

अझै पढ्नुहोस्