लागूऔषध दुर्व्यसनविरुद्धको बृहत पैदलयात्रा धनगढीमा सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/कैलालीको धनगढीमा लागूऔषध दुर्व्यसनविरुद्धको बृहत पैदलयात्रा धनगढीमा सम्पन्न भएको छ।धनगढी चौराहा हुँदै पार्कमोडसम्म नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा बृहत पैदलयात्रा गरिएको नेविसंघ धनगढी नगर इकाइका सचिव कमल एडीले बताए।

पछिल्लो समयमा लागूपदार्थ दुर्व्यसनले गर्दा हजारौं संख्यामा युवा कुलतमा लागेर धन र जीवनको क्षतिसँगै घरपरिवारलाई समेत तहसनहस बनाइरहेको अवस्थालाई नियाल्दै समाजमा सचेतना फैलाउने उद्देश्यले उक्त पैदल यात्रा गरिएको नेविसंघ धनगढी नगर इकाईका सभापति तथा कार्यक्रम संयोजक दिपेश बोहराले जानकारी दिए।

‘लागू औषध त्यागौं ,स्वस्थ र सुखी जीवनतर्फ लागौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको बृहत पैदलयात्रामा नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यता र सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्कालगायतका मन्त्रीहरुको आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, नेविसंघका केन्द्रीय पदाधिकारीदेखि जिल्ला नगर इकाइका पदाधिकारीको उपस्थिति रहेको थियो।

यस्तै कार्यक्रममा जेसिज धनगढी महानगरपालिका भित्रका विभिन्न क्याम्पस विद्यालयका विद्यार्थीहरू सामाजिक अभियान्ता लगायतका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संयोजक बोहराले जानकारी दिए।

ताजा खबर

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

Kasyna Blik: poradnik dla graczy

favorite rest article 770917

Mobile Online Gambling Enterprises: The Ultimate Guide to Pc Gaming on the Go

The Ultimate Overview to Register Perks at Online Casino Sites

Casoola Account Duplicatiebeleid

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बालबालिकालाई लुगा वितरण

धनगढी/कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेको बाल मन्दिरमा रहेका बालबालिकालाई सुदूरपश्चिम पुर्ब राष्ट्र सेवक समाज कैलाली धनगढीले लुगा वितरण गरेको छ । सुदूरपश्चिम पुर्ब राष्ट्र सेवक

अझै पढ्नुहोस्