घोडाघोडी –३ को वडा भवनको उद्घाटन

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा रहेका वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको सोमबार नगर प्रमुख खडक बहादुर रावत र उप–प्रमुख गुलिया कुमारी चौधरीले रिबन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले सेवा प्रवाहमा भवन निर्माणले महत्त्वपूर्ण टेवा पुग्ने बताए । सुविधा सम्पन्न भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै नगर प्रमुख रावतले अब भवन निर्माणसँगै सेवा प्रवाह पनि सहज हुनेमा विश्वास व्यक्त गरे । पालिकाले भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको नगर प्रमुख रावतले बताए ।

कार्यक्रममा उप–प्रमुख गुलिया कुमारी चौधरीले अब भने नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले अब सहज रूपमा सेवा प्राप्त गर्ने बताइन् । उनले यस अघि साँघुरो भवनबाट सेवा प्रवाह गरिरहनु परेकोले सेवा प्रवाह समेत चुस्त हुन नसकेको अवस्थामा भवन निर्माण भएसँगै कर्मचारी र सेवाग्राहीलाई सहज हुनेमा विश्वास व्यक्त गरिन् ।

त्यस्तै कार्यक्रमका सभा अध्यक्ष तथा वडा नम्बर ३ का वडा कृष्ण प्रसाद गौतमले सबैको साथ र सहयोगमा वडाका हरेक कार्यहरू तीव्र रूपमा अगाडि बढिरहेको बताए । वडाको नवनिर्मित भवन बनिसकेपछि यस भवनको कार्यालयबाट काम गर्न पहिले भन्दा धेरै सहज हुने उनले बताए । नगरपालिको १ करोड रुपियाँको लागतमा वडा कार्यालय भवन निर्माण गरिएको थियो । वडा कार्यालय भवन मेल्टा कन्स्ट्रक्सन एण्ड सप्लायर्स निर्माण कम्पनीले गरेको थियो ।

समयमै भवन निमार्ण गरिएको भन्दै वडा कार्यालयले निर्माण कम्पनीलाई कार्यक्रममा सम्मान समेत गरेको थियो । त्यस्तै वडा कार्यालय भवन निमार्णका लागी जग्गा उपलब्ध गराउने पूर्व साविक गाविस अध्यक्ष स्व. दीपक मल्लको परिवारलाई दोसल्ला सहित सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । वडा सदस्य तथा कार्यपालिका सदस्य विष्णा चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी हेमाकान्त सुबेदीले गरेका थिए

ताजा खबर

Discovering the World of No Account Casinos: The Ultimate Guide

Online Gambling Establishments Approving Mastercard: A Comprehensive Guide

AviaMasters Crash Game Guide: Nopeus, Strategia ja Taito turvalliseen laskeutumiseen

Casinozer Online Casino: Sessioni Veloci, Grandi Vincite e Gioco Crypto-Friendly

Exactly how to Win at Sports Betting

BDM Bet Casino : Machines à sous Lightning‑Fast, Roulette de Course, et Gains Rapides pour le Joueur Moderne

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अधिकार मात्र होइन अब जिम्मेवार बन्न जरुरी छ :कांग्रेश प्रबक्ता डा. महत

नेपाली कांग्रेस आपूर्ती तथा उद्योग विभागले कैलालीको धनगढीमा अयोजित वर्तमान अवस्थामा आपूर्ती र उपभोक्ता अधिकारको सम्बन्धमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै

अझै पढ्नुहोस्