धनगढीमा लक्षित महिलालाई नेतृत्वमा पुर्याउन र सबल एवं सक्षम महिला नेतृत्वसँगै आथिर्क उपार्जनलाई छलफल

शेयेर गर्नुहोस

धनगढी, ११ माघ / संकल्प संस्थाको आयोजनामा महिलाको विकासका लागि धनगढीमा महिला लक्षित कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा महिलालाई नेतृत्वमा पुर्याउन र सबल एवं सक्षम भावी महिला नेतृत्वसँगै आथिर्क उपार्जनलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने बारे छलफल गरिएको थियो।

सुदूरपश्चिमका ९ वटै जिल्लामा महिलाको क्षेत्रमा नेतृत्व गरिरहेका संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितीमा संकल्प, शान्ति, न्याय र लोकतन्त्रको लागि समावेशी महिला सञ्जालले उक्त कार्यक्रम सञ्चालन गरेको थियो । सबै क्षेत्रका महिलाको विकासका लागि महिलालाई उद्यमी बनाउन र महिलाका हरेक पाटोलाई सक्षम बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको मानव अधिकारकी माननीय तथा संकल्प संस्थाकी संस्थापक अध्यक्ष लिली थापाले बताइन ।

क्षमता अभिवृद्धि, आन्दोलन निर्माण, संगठन विकास, संस्थागत विकाससँगै संकल्प प्रादेशिक सञ्जालको परिचालन निर्देशिका बारे पनि स्पष्ट पारिएको संकल्पकी वित्त व्यवस्थापक अधिकारी रमिता चौधरीले जानकारी दिइन्।

संकल्पले देशैभर आफ्नो सञ्जाल विस्तार गरिरहेको लुम्बिनी, मधेस , गण्डकी प्रदेशमा समिति पूर्नगठन गरिसकेको र सुदूरपश्चिममा पनि संकल्पले प्रदेश भरी सक्रिय भएर महिलाको क्षेत्रमा काम गरिरहेका महिला प्रतिनिधिहरुको उपस्थितिमा समिति चयन गरिएको मानव अधिकारको लागि महिला एकल महिला समूहकी अध्यक्ष तथा संकल्पकी सुदूरपश्चिम कोषाध्यक्ष वेद अवस्थी बताइन्।

प्रदेश स्तरीय समितिको अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रम गर्न सुदूरपश्चिम प्रदेशमा संकल्पकी संस्थापक अध्यक्ष लिली थापा, संकल्पकी वरिष्ठ उपाध्यक्ष शोभा बस्नेत, संकल्पकी एड्मिन फाइनान्स अपिसर रमिता चौधरी , महिला अधिकारकर्मी बेद अवस्थी लगायतको उपस्थिति रहेको थियो।

संकल्पको सुदूरपश्चिम कार्यसमिति
संकल्पको सुदूरपश्चिम अध्यक्षमा अम्बिका ताम्राकार फेडोबाट, उपाध्यक्षमा देवकी जोशी किशोरीबाट, सचिवमा नाजिया बानु फातिमा फाउन्डेसनबाट , कोषाध्यक्षमा वेद अवस्थी डब्लु एचआरबाट सर्वसम्मत चयन भएका छन्

यस्तै तारा चौधरी ,चन्द्रा खडायत , अनिता ढुङ्गाना, किरण थापा, वेद हमाल सदस्यमा चयन भएका हुन्।

ताजा खबर

The Ultimate Guide to Live Mega Fire Blaze

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

The Ultimate Guide to Online Casino 10 Euro Ideal

Jogar Roleta Online: Um Guia Completo para Maximizar suas Chances de Ganhar

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दुई दिने अभिमुखिकरण तालिम सुरु

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको पहलमानपुरमा दुई दिने रेड सम्बन्धि अभिमुखिकरण तालिम आज सुरु भएको छ । कार्यक्रम रेड कार्यन्वय केन्द्र बबरमहल काठमाडौ को सहयोगमा

अझै पढ्नुहोस्
पर्यटन

घोडाघोडी लगायत कैलाली जिल्लाका सिमसारमा आगन्तुक चराको चहलपहल बढ्दै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी ताल नेपालीको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न

अझै पढ्नुहोस्