धनगढीमा वातावरण र जैविक विविधता संरक्षणमा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

शेयेर गर्नुहोस

जैबिक विधधता सरक्षणमा देखिएका समस्याहरू समाधानका लागि सरोकारवाला र पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कैलाली र कञ्चनपुरका सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला, र पत्रकारहरूको उपस्थिति रहेको थियो। एफएमडिसी विकास र सामाजिक परिवर्तनका लागि सञ्चारद्वारा आयोजित यस कार्यक्रमलाई तराई भूउपरीधी कार्यक्रम तालले सहकार्य गरेको हो।

कार्यक्रममा जानकी सामुदायिक वनका अध्यक्ष सिबी भट्टले वनको उचित व्यवस्थापन र सरकारले नीति निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए।
कञ्चनपुरको अमर बस्ती सामुदायिक वनका अध्यक्ष प्रेम बानियाले तीन वर्षमा मात्र काठ संकलन गर्न पाउने नियमका कारण वन व्यवस्थापनमा कठिनाइ भइरहेको बताए। साथै, मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द समाधानका लागि विशेष नीति निर्माणको आवश्यकता रहेको बताए।

चुरे संरक्षण सञ्जालका सदस्य राजेन्द्र प्रसाद भण्डारीले बारम्बार नीति परिवर्तनले काम गर्न अवरोध पु¥याएको र खेर गइरहेका वन स्रोतहरूको उपयोग गर्न सरकारलाई ध्यान दिन आग्रह गरे।

शुक्लाफाँटा नगरपालिकाको सुनदेवी उपभोक्ता समितिका कोषाध्यक्ष हवल्दार चौधरीले तस्करहरुका कारण वन जङ्गलको दुरुपयोग भइरहेको बताउदै चुरे दोहन रोक्न र वातावरणमैत्री विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घका महासचिव डन्डीराज सुवेदीले भारतीयहरूले कैलालीको भजनी नगरपालिका–५ स्थित घाँसे मैदान मासेर खेतीयोग्य जमिन बनाएको र वनको संस्थागत अतिक्रमण बढेकोप्रति चिन्ता व्यक्त गरे। उनले संरक्षणको जिम्मेवारी सामुदायिक वनलाई दिइने तर फाइदा स्थानीय तहले मात्रै लिने गरेको समेत बताए।

डिभिजन वन कार्यालय कैलालीका समिर थापाले वन संरक्षणमा जोड दिइए पनि व्यवस्थापनमा ध्यान नदिइएको र यसले स्रोतहरूको उचित उपयोगमा समस्या देखिएको बताए। वरिष्ठ पत्रकार उमिद बागचनले समयअनुसार नीति नियम परिवर्तन गर्दै वनको संरक्षण र विकासलाई सन्तुलित बनाउन आवश्यक रहेको बताए ।

सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज बिष्टले मानव र वन्यजन्तुबीचको द्वन्दलाई ठूलो चुनौतीका रूपमा लिँदै क्षतिपूर्तिको तत्काल व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले सामुदायिक वनहरूको संरक्षण, स्रोत व्यवस्थापन, र नीति निर्माणमा देखिएका चुनौती समाधान गर्न सरकार र सरोकारवालाबीच सहकार्य गर्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

SpinSamba Casino – Hra na štěstí se změnami regulací

Winspark-Casino – Neue Online-Spielautomaten und Tischspiele für Spaß oder Gewinn

Yako Casino Online Gaming Experience Options and Benefits Review

Best Gambling Establishments Approving Neteller

Máquinas tragamonedas de juego de azar y finanzas: ClicCredito préstamos en línea México

La Experiencia de Casinos en Línea con Klar App préstamos en línea

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अर्थ

जनता कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं वार्षिक साधारण सभा सम्पन्न

जनता कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७७÷०७८ को ११ लाख ७८ हवार ३

अझै पढ्नुहोस्