TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
Next
Prev

अतिक्रमण हटाइएको ८ महिनामै पुन: अतिक्रमणमा पुरैना ताल

शेयेर गर्नुहोस

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको ८ महिनामै पुन: अतिक्रमणको चपेटामा परेको छ ।


मोहना नदीको बाढीले पुरेपछि खेत बनेको ७९ दशमलव २१ हेक्टरमा जमिनमा फैलिएको पुरैना तालमा आजभोलि स्थानीयले दिनहुँ ट्याक्टरले खनजोत गरिरहेका छन् ताललाई पुन: निर्माण गर्नका लागि अतिक्रमण हटाएर ब्युँताउने भन्दै डिभिजन वन कार्यलयले बैशाख १६ गते ३६ घन्टा लगातार ८ ब्याकहोलोडर (डोजर) ले रेखांकन गरिएको थियो । तर, वन कार्यालयको त्यो मिहिनेत अहिले वालुवामा पानी भएको छ ।

बैशाखमा डिल निर्माण गर्दै


डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुन: निर्माणका लागि तालको १० फिट चौडाइ र ५ फिट उचाईको ३५ सय मिटर डिल (ड्याम) निर्माण गरेको थियो ।
पुरैना ताल पुन: निर्माणका लागि डिभिजन वन कार्यालय पहलमानपुरले करिब ४ वर्षदेखि सामुदायिक वन समन्वय समिति, नापी कार्यालय कैलाली, भजनी नगरपालिका, जिल्ला प्रशासन कार्यलय कैलालीसँग पटक-पटक निरन्तरको छलफलपछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन गराई अतिक्रमण हटाउन सफल भएको थियो ।


पुरैना ताल भजनीको मात्रै नभई कैलालीकै महत्वपूर्ण बसन्ता जैविक मार्ग हो । जसमा भारतीय दुधुवा नेशनल पार्कसँग प्रत्यक्ष रुपमा जोडिएको हुँदा पुरैना ताल पुन: निर्माणका लागि आवश्यक रहेको छ । सुदूरपश्चिम प्रदेश उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पुरैना तालको पुन: अतिक्रमण गरेको क्षेत्र फेरि हटाउने बताए । उनले भने,’पुरैना तालको क्षेत्र ठूलो भएकाले एकै व्यक्तिले २० बिगाहासम्म प्रयोग गरिरहेकाले ताललाई पुन: निर्माण सबै राजनीतिक संयन्त्रसँग समन्वय गरिरहेको छु ।’


पुरैना ताल क्षेत्रको रिपोटिङको क्रममा सत्ती कर्णाली डट कम पुग्दा ४ ट्रयाक्टरले खनजोत गर्दै गरेको भेटिएको थियो । मसुरो उम्रिएको र गहुँ खेतीका लागि खनजोत सुरु गरिएको छ नि भन्ने प्रश्नमा मन्त्री चौधरीले अहिले खनजोत गरियको भए पनि चाँडै राजनीतिक सहमति बनाई अतिक्रमण क्षेत्र खाली गराई ताल पुन: निर्माण गरिने बताए । पुरैना ताल सार्वजनिक सम्पत्ति भएको र अहिले केही सीमित टाठाबाँठाले प्रयोग गरिरहेको बताउँदै उनले भने,’हामीले निकट भविष्यमा जिल्लाकै आयआर्जनको बलियो स्रोत बनाउने र ताल पर्यटनको वलियो आधार हुनेछ ।’


भजनी नगरपालिकाका प्रमुख केवललाल चौधरीले खनजोत गर भनेर स्थानीयलाई उस्काएको आरोप लागिरहेका बेला उनले भने,’मैले त तालको क्षेत्रभन्दा बाहिर रहेको ८ कट्ठाको मात्र कुरा गरेको हुँ । ताल क्षेत्र अतिक्रमण गर्न भनेको छैन ।’ ताललाई पुन: निर्माण गर्न स्थानीय सरकारको हैसियतले सधैँ सहयोग गर्न तयार रहेको उनले बताए ।


डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेलले पुरैना तालको अतिक्रमण पुन: हटाउनका लागि कार्यक्रम राखेको बताए । ‘म भर्खरै आएको छु,’ उनले भने,’स्थलगत अनुगमनपछि कसरी अतिक्रमण हटाउने भन्ने कार्यक्रम बनाउनेछु ।’

बसन्ता वन सरक्षण क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।
मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई
बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एकल महिला सुरक्षाकोष कार्यान्वयनको माग

धनगढी, ४ माघ । मानव अधिकारको लागि महिला, एकल महिला समूहले प्रदेश सरकार र स्थानीय तहसँग एकल महिला सुरक्षाकोष कार्यान्वयनको माग गरेको छ ।विहीबार सुदूरपश्चिम

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सामान्य किसान परिवारमा जन्मिएका डाक्टर शर्मा

धनगढी/डा .चित्रराज शर्मा सामान्य किसान परिवारमा जन्मिएका हुन् । उनले सरकारी स्कुलबाट आफ्नो शिक्षादीक्षा पूरा गरेका हुन् । ‘हुने विरुवाको चिल्लो पात’ भनेझै उनले छात्रवृत्तिमा

अझै पढ्नुहोस्
समाचार

बाघको आक्रमणबाट १ महिला बेपत्ता

जमुना न्युरे,धनगढी /कञ्चनपुरको बेलौरी नगरपालिका–८ खप्टीनालामा बाघले एक महिला माथि आक्रमण गरेको छ । अन्दाजी ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरी बेपत्ता गरेको प्रहरीले

अझै पढ्नुहोस्