TRENDING
Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers
Bizzo Casino – jak kontaktovat zákaznickou podporu
Mostbet w Polsce – oferta gier
Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb
7к казино вход в личный кабинет
Next
Prev

वृक्षारोपणको फेसन, संरक्षणमा ध्यान छैन

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/वर्षायामलाई वृक्षारोपण गर्ने समयका रूपमा लिइन्छ । हरेक वर्ष निजी, सरकारी तथा गैरसरकारी संघ–संस्था र निकायलाई यो सिजनमा बिरुवा लगाउने चटारो हुन्छ । विभिन्न दिवसको अवसर पारेर तथा अभियानकै रूपमा समेत वृक्षारोपण गरिँदै आएको छ ।


पछिल्लो समय बिरुवा रोप्ने काम फेसनकै रूपमा देखा परेको छ । प्रत्येक वर्ष डिभिजन वन कार्यालयहरूले वृक्षारोपणका लागि लाखौं बिरुवा वितरण गर्छन् । ती बिरुवा वनक्षेत्रमा रोपिन्छ पनि । तर, यसरी रोपिने बिरुवा कति बाँचे र कति मरे भन्ने एकिन तथ्याङ्क भने कुनै निकायले राख्दैनन् ।

जोसुकैले वृक्षारोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ, न त लगाएका बिरुवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण बर्सेनी रोपिने लाखौं बिरुवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् । बिरुवा रोप्नेहरू बढ्दै गए पनि संरक्षणमा भने कसैको ध्यान पुगेको पाइँदैन । हरेक वर्ष एउटै स्थानमा वृक्षारोपण गरिनु र त्यहाँ बुट्यान क्षेत्र नबढ्नुले यसरी गरिने वृक्षारोपण औचित्यहीन भएको पुष्टि गर्छ ।

डिभिजन बन कार्यलय धनगढी , डिभिजन वन कार्यलय पहलमानपुरले वार्षिक कार्यक्रम अनुसार मसला , टिक , बकाइनो ,सिसौ , कल्कीफुल ,समि, मेवा , गोल्डमोहर , सिमल , बास , सितल चिनी , अमला , बबुल , लगायतका ७ लाख ८२हजार २५ बिरुवा उत्पादन गरियको छ । डिभिजन बन कार्यलयले एक बिरुवा १० रुपैया उत्पादन लागतले ७८लाख २० हजार २ सय ५० रुपैया लागत हुने गरेको छ ।

डिभिजन बन कार्यलय धनगढी कैलालीका प्रमुख श्री रामचन्द्र कडेलका अनुसार यी बिरुवा रोप्नका निजी तथा सार्वजनिक निकायहरूलाई वितरण गरिएका हुन् ।
मसला , टिक , गुल्डमोहर , सिरिस , अमला, सगुन , कल्किफुल , बकाइनो , सिसौ , बेल , तेज पता ,विभिन्न फलफूल र जडिबुटी का बिरुवा उत्पादन गरियको कडेल जानकारी दिए ।
सामुदायिक वन उपभोक्ता समितिहरूलाई , निजि बन , धार्मिक बन , साझेदारी बन , विभिन्न सघं सस्थाहरुलाइ र कतिपए कृषक ब्यक्तीगत रुपमा बिरुवा लग्ने गरेको सुखड सब डिभिजन बन कार्यलय सुखडका प्रमुख नितेश राज भट्टराईले बताए ।
विभिन्न बाहाना बन क्षेत्र अतिक्रमण भैरहेको छ त्यो अतिक्रमण क्षेत्रमा खाली गरेर बृक्षारोपण गरियको हो ।
त्रिबेणि सामुदायिक बनका अध्यक्ष भिममाया तामाङ बन कार्यलयले फ्री मा बिरुवा दिने भयर त्यति ध्यान नदिने गरेकाले बिरुवा बचाउने हेलच्रकाइ हुने , अपन्त्व कम भयको, छाडापशुचौपायाले बिरुवा नोक्सान गर्ने गरेको पाइन्छ ।

बसन्ता सबडिभिजन कार्यालय प्रमुख श्याम सुन्दर माझीले वृक्षारोपण गरिएकामध्ये ७० प्रतिशत बिरुवा बाँचे पनि ठूलो उपलब्धि हुने बताए । ‘ठ्याक्कै यति बिरुवा बाँचे भन्ने तथ्याङ्क निकाल्न गाह्रो भए पनि रोपेका बिरुवामध्ये आधा बिरुवा पनि मुस्किलले बाँच्ने गरेको पाइएको उनले बताए । उनी भन्छन्, ‘जथाभावी रूपमा वृक्षारोपण गरिँदा बिरुवा नबाँच्ने, जलवायु, माटो र प्राविधिक कुरा नमिल्ने लगायतका समस्याहरू देखिने गरेका छन् ।’ वन विज्ञहरूका अनुसार बिरुवा संरक्षणमा उमार्दादेखि नै प्राविधिक कुरामा ध्यान दिनुपर्छ । उपयुक्त स्थान, रोप्ने तरिका र वस्तुभाउबाट समेत बचाउनुपर्ने हुन्छ । यसको लागि उपभोक्ता र आम नागरिक समेत सचेत हुनुपर्ने उनीहरू बताउँछन् ।

डिभिजन बन कार्यलय पहलमानपुर का प्रमुख राम बिचारी ठाकुर बताउँछन् वृक्षारोपण गरेका बिरुवाहरू नबाँच्ने धेरै कारण रहेको औंल्याए । ‘कलिलो बिरुवा हराभरा हुन समय लाग्छ,’ उनले भने ‘खडेरी, माटो, घाम, वन्यजन्तु, घरपालुवा वस्तुभाउ र प्राविधिक कुरा नमिल्दा समेत बिरुवा सबै बाँच्दैनन् ।’ थुप्रै क्षेत्रमा वृक्षारोपण गरिने भए पनि वन डढेलोले समेत बिरुवा नाश हुने उनले बताए । बिरुवा रोप्दा बनाइने खाल्डो र रोपेपछि मल र गोडमेलमा समेत ध्यान पुर्‍याउँदा मात्र अधिकांश बिरुवा बचाउन सकिने उनको भनाइ छ ।
बृक्षारोपण गरियका बिरुवाको कुनै कतै बाट पनि नियमती रुपमा अनुगमन , अबलोकन नहुदा बर्सेनि लाखौ रकम खेर जाने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers

Bizzo Casino – jak kontaktovat zákaznickou podporu

Mostbet w Polsce – oferta gier

Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb

7к казино вход в личный кабинет

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिममा २-टन क्षमताको ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक

धनगढी — महिन्द्राले सुदूरपश्चिमको धनगढीमा २-टन भार क्षमताको नयाँ ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले सोमबार धनगढी स्थित

अझै पढ्नुहोस्
समाचार

सुदुर पश्चिम् स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा

अत्तरिया/प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया, कैलालीको आयोजनामा जेठ ११-१२ गते सम्पन्न हुने सुदुर पश्चिम् स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको छ। पढौँ पढाऔँ निरन्तर शिक्षाका

अझै पढ्नुहोस्
समाचार

प्रधानमन्त्री र सु.प. मुख्यामन्त्री बिच भेटवार्ता

प्रधानमन्त्री के.पि शर्मा ओली र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच भेट भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलि र मुख्यमन्त्री शाहबिच भेट

अझै पढ्नुहोस्