परराष्ट्र मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान

शेयेर गर्नुहोस

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।

मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाई गर्नुभएको थियो ।

मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी हुनुहुन्छ ।

परराष्ट्र मन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको हो । परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनुुहुने छ ।

ताजा खबर

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

Online Free Live Roulette: A Comprehensive Guide

Online Online Casino No Deposit Bonus Offer: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाघको आक्रमण बाट एक महिला घाइते

कञ्चनपुरमा जंगली जनावर बाघको आक्रमणबाट एक महिला घाईते भएकी छन् । घाइते हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ खजुवाका ३० वर्षिय मानमती साउँद रहेकी छन् ।

अझै पढ्नुहोस्