काग्रेंसले सुदुरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय

शेयेर गर्नुहोस

धनगढी/नेपाली काग्रेंसले सुदुरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय गरेको छ । प्रदेशसभा ससंदिय दलको कार्यालयमा बसेको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम टुग्यांएको हो । मुख्यमन्त्री कमल बहादुर शाह सगैं आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरका बहादुर सिहं थापा, सामाजिक बिकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक बिकास राज्यमन्त्रीमा डडेल्धुराकी सरस्वती खड्का सिफारिश भएकि हुन् । उनिहरु आज साढे ३ बजे मुख्यमन्त्री शाह सगैं सपथ लिने छन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरिरकेको छ । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने छ । एमालेबाट भौतिक पुर्वाधार बिकास मन्त्रीमा बैतडीका शुरेन्द्र पाल, भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रीमा कञ्चनपुरका बिर बहादुर थापा र आन्तरिक मामिला मन्त्रीमा कञ्चनपुरकै हिरा शार्की सिफारिश हुने निश्चित भएको छ ।

राज्यमन्त्रीमा भने डोटीकी निर्मला साउँद सिफारिश हुने भएकि छिन् । पाल, थापा र शार्की यसअघि २४ दिनका लागि मात्रै मन्त्री भएका थिए । जेठ २८ गते मन्त्री भएका दुबैजनाले असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए ।

ताजा खबर

The Ultimate Guide to Top Slots: Whatever You Required to Know

Casino Free Slots

Recognizing ESA Letters in Arizona: A Comprehensive Overview

Comprehending ESA Letters in Michigan: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकामा भुमिहिनलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण कार्य सुरु

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले भुमिहिनलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण कार्य सुर गरेको छ ।टीकापुर नगरपालिकाले वडा नं. ६ बाट भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र

अझै पढ्नुहोस्