कैलालीमा ७ लाख ८२ हजार २५ बिरुवा उत्पादन

शेयेर गर्नुहोस


जमुना न्युरे/कैलाली जिल्लामा रहेका सब डिभिजन बन कार्यलयहरुले आथिक बर्ष २०८०/२०८१मा कैलाली जिल्ला विभिन्न ठाउँमा ७ लाख ८२ हजार २५ बिरुवा उत्पादन गरिएको छ ।

डिभिजन बन कार्यलय धनगढी र डिभिजन बन कार्यलय पहलामानपुर को वार्षिक कार्यक्रम अन्तरगत सो बिरुवा उत्पादन गरियको डिभिजन बन कार्यलय धनगढी प्रमुख रामचन्द्र कडेलले बताए । डिभिजन बन कार्यलयको वार्षिक कार्यक्रम अनुसार हरेक बर्ष सब डिभिजन बन कार्यलयले विभिन्न प्रजाती का बिरुवा उत्पादन गरियको हो ।


सब डिभिजन बन कार्यलय सुखड ,भजनी , लम्की ,निगाली , सहजपुरमा बहुवार्षिय बिरुवा पनि उत्पादन गरियको छ ।जस्मा रिठ्ठा , लप्सी ,तेजपता , कल्कीफुल ,बास , लगायत छ्न ।
सब डिभिजन बन कार्यलय फुलबारी ,बसन्ता , धनगढी , चौमला , मसुरिया , सुखड , लम्की , भजनि , टिकापुर, फुलबारी लगायत ठाउँमा बिरुवा उत्पादन गरिएको छ ।

डिभिजन बन कार्यलय धनगढी , डिभिजन वन कार्यलय पहलमानपुरले वार्षिक कार्यक्रम अनुसार मसला , टिक , बकाइनो ,सिसौ , कल्कीफुल ,समि, मेवा , गोल्डमोहर , सिमल , बास , सितल चिनी , अमला , बबुल , लगायतका ७ लाख ८२हजार २५ बिरुवा उत्पादन गरियको छ ।

डिभिजन बन कार्यलयले एक बिरुवा १० रुपैया उत्पादन लागतले ७८लाख २० हजार २ सय ५० रुपैया लागत हुने गरेको छ ।
यसरी बन कार्यक्रम बर्सेनि बिरुवा उत्पादन गरि सामुदायिक बन तथा उपभोक्ताहरुलाइ दिदा स्थानीयलाई सरक्षणमा ल्याउन का लागि सामुदायिक बनबाट मात्र काठ आपूर्ति कम हुने , बनमा बढी आक्ष्रीत भयको समुदाय , तथा पशुपालक कृषिकहरुलाइ बिरुवा दिदा बनमा जाने चाप घट्नु को साटो बन सरक्षणमा अपनत्व हुने सरक्षणकर्मी बिजय राज श्रेष्ठले उत्पादन गरिएको बिरुवा सामुदायिक बन उपभोक्ता समुहहरुलाइ निशुल्क रुपमा स्थानीय रुपमा बिरुवा दिदा आफुहरुले घरको छेउ छाउमा लगाइने , आफ्नो जमिनमा लगाउदा आफुले चाहियको समयमा सदुपयोग हुने बताए ।

बृक्षारोपण गर्दा बर्सेनि हुने बन बिनास रोक्न , जैविक बिबिधता संरक्षण पहिरो , भु- क्षय , बाढी कटान , नदि नियन्त्रण समेत हुने हुदा बर्सेनि बिरुवा माग हुने गरेको सब डिभिजन बन कार्यलय फुलबारी का प्रमुख जिबछ यादव ले बताए ।
बन कार्यलयले ब्यक्तिले तथा समुदाय बन , सघं सस्था लाई बिरुवा दिने , ब्यक्तिलाई २०० वटा र सघं सस्था ,सामुदायिकलाई ५०० देखि १००० वटा सम्म बिरुवा दिइने सब डिभिजन प्रमुख यादवले बताए।


सब डिभिजन बन कार्यलय खैरालाका प्रमुख मनोज ढकालले भने आर्थिक बर्ष २०८०/२०८१ मा डिभिजन बन कार्यलयहरु वन अतिक्रमण गरि बनाएका सरचना हटाउदै , वन अतिक्रमण नियन्त्रण गर्दै अतिक्रमण हटाइएको ठाउँमा तारबार सहितको घेरबार गरि बृक्षारोपण गरिने , त्यसको नियमित अनुगमन समेत गरिने बताए ।

बन कार्यलयले बर्सेनि बिरुवा बितरण गर्ने कार्य गर्दै आयको छ । विभिन्न सघं सस्थाले पनि आफ्नो स्थापनाकाल , बिभिन्न दिवशहरुमा बृक्षारोपण गर्ने गरेको पाइन्छ , तर ती बृक्षारोपण बिरुवाहरु लगाउने lतरिका , घेरबार , गोडमेल , सिचाइ नहुदा लगायका बिरुवा कमै मात्रामा सर्ने गरेको पाइन्छ ।

ताजा खबर

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दर्ता नभएका उपभोक्ता समितिबाट याेजनाका काम गर्न नपाइने

टीकापुर/स्थानीय तहमा याेजना निर्माण कार्यकाे लागि गठन हुने उपभोक्ता समिति अब देखि दर्ता नभए याेजना निर्माणको काम गर्न नपाइने भएको छ ।सङ्घीय मामिला तथा सामान्य

अझै पढ्नुहोस्

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्