डडेल्धुराको अमरगढी किल्लाबाट खप्तड पुगे साइकल यात्री

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी – डडेलधुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरु आइतबार विहान भू-स्वर्गका रुपमा रहेको खप्तड पुगेका छन् । ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा-२०८१ का साइकल यात्री बिहान खप्डतड क्षेत्रमा पुगेका हुन् । अमरगढी किल्लाबाट साइकल चढेरै उनीहरु डोटीको झिक्राना रुटहुदै ३ दिनमा खप्तड पुगेका हुन् ।


सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यान्वन कार्यक्रमको प्रायोजनमा सि के रिचर्स एन्ड ग्रिनरी प्रोमोसन प्रा.लि. गोकर्णेश्वर काठमाडौको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा २०८१ सुरु गरिएको हो । डडेलधुराको अमरगढी किल्लाबाट २१ गते सुरु गरिएको साइकल यात्रा २३ गते बिहान १० बजे खप्तडको त्रिबेणी धाम पुगेको हो । कार्यक्रममा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमेसन प्रा .लि काठमाडौका प्रमुख छिन्डुम मेनक्पा भोटेले साइकल यात्रीहरुलाई गाइड गरेका छन् ।

बिहान खप्तडको त्रिबेणी धाम पुगेका साइकल यात्रीहरुले आइतकार दिनभरी खप्तडका पाटनहरु र दहहरु घुम्ने कार्यक्रम रहेको छ भने सोमबार बिहान खप्तडबाट फर्किने भोटेले जानकारी दिए । अन्तर्राष्ट्रिय साइकल यात्रामा भारत तथा नेपालका विभिन्न स्थानका ४५ जना साइकल यात्रीहरु सहभागी छन् ।
साइकलमा पहिलो पटक खप्तड त्रिबेणी धाम पुगेकोमा निकै उत्साह र खुसी लागेको डडेल्धुराका साइकल यात्री कमला बिष्टले बताइन् ।


नेपाल सुदूरपश्चिम निकै सुन्दर र पर्या पर्यटन बिकासका लागि राम्रो वातावरण भएको भारतका साइकल यात्री रबिन्द्रर सिह ओबेरोइले बताए । उनले भने,’बाहिर जति बिकास नभएको प्रचार सुनिएको थियो । तर, सुदूरपश्चिमको बिकास भएको छ ।’ अझै यहाको पर्यटन बिकासको प्रचारप्रसार गर्नु पर्ने उनले बताए ।
यस्ता कार्यक्रम हुदा पर्यटन प्रबर्द्धन हुने खप्तड होमस्टे झिङ्ग्रानाका सन्चालक दीपकबहादुर खडकाले बताए ।



ताजा खबर

Boost Your Free Spins With The Best Internet Casino Slots

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

1win Slot Bonus Rounds Compared

Just how to Validate an ESA Letter: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

काग्रेंसले सुदुरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय

धनगढी/नेपाली काग्रेंसले सुदुरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय गरेको छ । प्रदेशसभा ससंदिय दलको कार्यालयमा बसेको बैठकले दुई मन्त्री र दुई

अझै पढ्नुहोस्