मनकिया सामुदायिक वनद्धारा २५५ उपभोक्तालाई विद्युतिय चुलो वितरण

शेयेर गर्नुहोस

गोदावरी । गोदावरी नगरपालिका वडा नम्बर ९ मुड कट्टीमा रहेको मनकिया सामुदायिक वनले उपभोक्तालाई निशुल्क विद्युतिय चुलो वितरण गरेको छ । सोमबार एक कार्यक्रमका वीच सामुदायिक वनका २५५ उपभोक्तालाई १९ लाख ७७ हजार ५२५ रुपियाँ बराबरका विद्युतिय चुलो,प्रेसर कुकर र कडाई वितरण गरिएको हो ।

वि.स २०५६ सालमा स्थापना भएको मनकिया सामुदायिक वनले वन पैदावार बिक्रीबाट आम्दानी भएको रकमले उपभोक्ताका लागि विद्युतिय चुलो खरिद गरि निशुल्क वितरण गरेको हो । सामुदायिक वनले एसएन्भी नेपालको सहयोगमा चुलो वितरण गरेको हो । विद्युतिय चुलो खरिदमा मनकिया सामुदायिक वनले प्रति चुलो ५ हजार ७५५ का दरले १४ लाख ६७ हजार ५२५ र एसएन्भभि नेपालले एण्डेब
कार्यक्रम अन्र्तगत प्रति चुलो २ हजारका दरले कुल ५ लाख १० हजार सहयोग गरेको छ ।

सामुदायिक वनले धनगढी ७ शक्ति नगरमा रहेको कल्पवृक्ष ग्रेटर गुड्स प्रालिबाट टेण्डर मार्फत् विद्युतीय चुलो खरीद गरेको हो । कल्प वृक्षमा भान्सामा प्रयोग गरिने विद्युतीय सामाग्री साथै महिलाका लागि प्रयोग हुने स्वास्थ्य सामाग्रीहरु पाइने जनाइएको छ ।

एसएन्भी नेपालका एण्डेब व्यवसाय विकास संयोजक रुपक देउवाले जंगलका दाउराको प्रयोगबाट धुवाँ जन्य रोगहरु लाग्ने,वातावरण प्रदुषण हुने,समयमा पानी र अक्सिजन नपाइने भएकाले वन जोगाउन उपभोक्तालाई विद्युतिय चुलो वितरण गरिएको बताए । विद्युतिय चुलो प्रयोग गरेमा वन विनास रोकिने,एलपिजि ग्याँसको प्रयोग कम भइ नेपाली रुपियाँ बच्ने, र नेपाल मै उत्पादन भएको विद्युत खपत हुने भएकाले सबैले विद्युतिय चुलोको प्रयोग गर्नुपर्ने संयोजक खड्काको भनाई छ ।

सामुदायिक वन राष्टिय उपभोक्ता महासंघ नेपालका केन्द्रिय महासचिव डण्डीराज सुवेदीले विद्युतिय चुलोको प्रयोगले बन संरक्षण र वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले विद्युत्को खपत बढाउने,गृहणी महिलाको स्वास्थ्य र वन संरक्षणका हिसाबले सामुदायिक वनका उपभोक्तालाई विद्युतीय चुलो वितरण गर्नु सराहनीय काम भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Playing Euromillions Slot for Entertainment Purposes Only

The Ultimate Triumph in Casino Slot Games

LottoSocial Casino Slot Games and Odds Explained

The Official Euromillions Slot Machine Experience

LottoHotPicks Casino Slot Machine Odds and Probability Analysis

Finanční stabilita od základů až po pokročilé strategie s thorfortunes.cz

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Uncategorized

भुकम्प पीडितहरु प्रती दुख प्रकट र धैर्य धारणा गर्न अपिल , होमस्टे सन्चालनका लागि आफू लागि पर्ने प्रतिबद्धता : मन्त्री धामी

जमुना न्युरे/कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा २ वाणिमा रहेको बिजयसाल होमस्टेमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन बन तथा वातावरण मन्त्री

अझै पढ्नुहोस्