नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम–रन्जिता पक्षबीच हात हालाहाल

शेयेर गर्नुहोस

टीकापुर/ नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठक स्थलमै हात हालाहाल भएको छ । अनामनगर स्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।


नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ । तर रेशम चाैधरी पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको सस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारूले बताउनुभयाे ।


‘संस्थापकहरूको बैठक बसिरहेका थियौं । २१ जना मात्रै होइन, महाधिवेशनबाट निर्वाचित सबैलाई समेटेर लैजानुपर्छ भन्‍ने बहस भइरहँदा हात हालाहालको स्थिति आयो’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको हो । नेता थारुले भन्नुभयाे, ‘यसरी त पार्टी कसरी चल्छ ?’
 सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम चाैधरी पक्षका संसद सहभागी छन् भने  रन्जिता पक्षका संसद त्यसको विपक्षमा रहदै आएका छन् ।

ताजा खबर

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

The Comprehensive Guide to ESA Letters: The Amount Of Pets Are Allowed?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

संरक्षणमुखी वन मात्र होइन सदुपयोग मुखी बनाएर दिगो बिकास गर्ने : मन्त्री चौधरी

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा दिगोवन ब्यबस्थापन सम्बन्धि दिगोवन ब्यबस्थापन सम्बन्धि अन्तरकृया तथा स्थलगत अवलोकन ३ दिने कार्यक्रम सुरु कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन

अझै पढ्नुहोस्