धनगढीमा एक युवकको हत्या

शेयेर गर्नुहोस

धनगढी /धनगढीमा एक युवकको हत्या गरिएको छ । धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा आइतबार राति ३५ वर्षीय महेश रानाको हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमकाअनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि चौधरीसहितले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बमले जानकारी दिए ।

उनकाअनुसार रानाको हत्या अभियोगमा चौधरी दम्पत्तीसहितका पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, उनकी १७ वर्षीया छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ ।

मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पत्ती छिमेकी समेत हुन् । राना चौधरीको घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो । स्थानीयले सम्झाइबुझाई गरेर घर पठाएकोमा अवस्था गम्भीर भएपछि रानालाई अस्पताल लगिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सिएमसीको आयोजनामा २ दिने तालिम शुरु

सुखड/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा कैलालीको सुखडमा २ दिने ‘अभिलेख व्यवस्थापन’ तालिम शुरु भएको छ । तालिमको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ

अझै पढ्नुहोस्
समाचार

भजनीकाे कुसुमघाटबाट लागूऔषध सहित २ जना पक्राउ

भजनी/ कैलालीको भजनीनगरपालिकाकाे कुसुमघाटबाट दुई जना लागुओैषध सहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका-३ कुसुमघाटबाट २ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागूऔषध

अझै पढ्नुहोस्