TRENDING
Roulette Strategies Free Spins: A Comprehensive Guide
Online Casino Bez Ověření Identity Skutečnost nebo Mýtus
Vse o igrah na srečo v spletnih igralnicah preverite tukaj
The Ultimate Guide to Playing Roulette Platform
Next
Prev

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

शेयेर गर्नुहोस

पर्बत जिल्लाको जलजला गाउँ पालिका वडा ५मा रहेको लोप्रे गाउँमा ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा उक्त उत्सव आयोजना गरिएको हो ।

ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए।

“अवैध व्यापार र चोरी शिकारका कारण सङ्कटापन्न अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सन्देश प्रवाह गराउने उद्देश्यले यसअघि नेपालका दश ठाउँमा उत्सव गरिसकेका छौँ”, उनले भने, “लाटोकोसेरोलगायत पन्छी र वन्यजन्तुसँगै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ ।”

ठूला र बूढा रुख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव भएको छ । आधुनिक घर बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको छ । सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको संरक्षणविद् डा हुम गुरुङले बताए ।

“नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन्”, उहाँले भन्नुभयो, “तीमध्ये नौ प्रजाति राष्ट्रियरुपमा सङ्कटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको छ ।”

लाटोकोसेरोले मुसा खाएर किसानको बाली नाली जोगाउन भूमिका खेल्छ । यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । यसका साथै अन्य हानिकारक कीरा, फट्याङ्ग्रा, सर्प, छेपारोलगायत जीवलाई आहारा बनाएर लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचत्रलाई गतिशील बनाउन भूमिका खेलेको छ । लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि समुदाय र सरोकारवाला निकायलाई सुसूचित र संरक्षणमा लाग्न प्रेरणा दिन प्रत्येक वर्ष फरक फरक जिल्लामा लाटोकोसेरो उत्सव गरिँदै आएको छ । हालसम्म धादिङ, चितवन, नवलपरासी, गोरखा, कपिलवस्तु, दोलखा, कास्की, खोटाङ, स्याङ्जा र कैलालीमा संरक्षण उत्सव गरिएको छ ।

लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले दश वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (सन् २०२०–२०२९) लागू गरेको छ । यस योजनाले लाटोकासेरो संरक्षण र चोरी सिकार नियन्त्रण हुने विश्वास गरिएको छ ।

उत्सवले समुदाय स्तरमा लाटोकोसेरोको महत्व बुझाउन र समुदायलाई संरक्षणमा अग्रसर बनाउन मद्दत पुगेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।महँगोमा बिक्री हुन्छ भन्ने भ्रममा परेर लाटोकोसेरो मार्ने तथा बेच्ने गरेकाले यसको सङ्ख्या घटेको छ । उत्सवले लाटोकोसेरालगायत पन्छी संरक्षणको सन्देश प्रवाहका साथै फलामेडाडा र जलजलाको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उनले बताए ।

चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेल तथा सांस्कृतिक गीत तथा नाचको प्रदर्शनी गरिएको छ । स्थानीय विद्यालयको नाच, पञ्चेबाजा, पुख्र्यौली नाच, थिएटर नाच, यानी माया, सालैजो, लोपोन्मुख स्थानीय खेल ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने उत्सवका थप आकर्षण रहेको मुल आयोजक समितिको प्रचारप्रसार संयोजक पुर्ख पुर्जा पुनले जानकारी दिए।

वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले लाटोकोसेरो संरक्षणसम्बन्धी नाच तथा नाटक, गाउँपालिकास्तरीय स्थानीय विद्यालयमा चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता आयोजना गरिएको छ । लाटोकोसेरोको अस्थायी सङ्ग्रहालय निर्माण गरी प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचना, चित्र, तथा फोटो राखिएको छ । गहँुको छ्वालीबाट, चुराबाट, ढुङ्गाबाट, स्टिलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोसमेत प्रदर्शनीमा राखिएका छन् ।

आठ प्रजातिको लाटोकोसेरोको आवाज सुन्ने र श्रव्यदृश्य हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुनेको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचिलको चित्र कुँदिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमूना पनि प्रदर्शनीमा राखिएको छ । उत्सवमा वन्यजन्तु अनुसन्धानकर्मीको आफ्नो अनुसन्धानको बारेमा पोष्टर प्रस्तुत गर्ने कार्यक्रम छ ।

वातावरण क्षेत्रका विभिन्न सङ्घ संस्थाको जानकारीमूलक कक्ष छन् । उत्सव समापनका क्रममा चार जना अनुसन्धान र संरक्षणकर्मीलाई जनही रु २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गर्ने कार्यक्रम छ । स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहो माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने उत्सवको उद्देश्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette Strategies Free Spins: A Comprehensive Guide

Online Casino Bez Ověření Identity Skutečnost nebo Mýtus

Vse o igrah na srečo v spletnih igralnicah preverite tukaj

The Ultimate Guide to Playing Roulette Platform

The Ultimate Guide to Roulette Games 2026 Online Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले नगर प्रमुख सहित सबै वडाकाे उम्मेद्वारि दर्ता

टीकापुर/टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले नगर प्रमुख, उप प्रमुख लगायत सबै वडाका उम्मेद्वारी घाेषणा गरि निर्वाचन कार्यालयमा दर्ता गरेका छन । आइतबार नगर प्रमुख, उप

अझै पढ्नुहोस्

1Win вход сейчас

1win букмекерская контора — вход ▶️ ИГРАТЬ Содержимое 1win Букмекерская Контора – Вход Преимущества и Функции 1win Преимущества 1win Функции 1win Как Зарегистрироваться и Войти

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशस्तरिय होमस्टे ब्यबस्थापन तालिम सम्पन्न

जमुना न्युरे,भादा/कंचनपुरको मझगाउमा स्थित रानाथारु होमस्टे बाट सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरिय होमस्टे ब्यबस्थापन सम्बन्धि ५ दिने तालिम कैलालीको भादा होमस्टेमा पुगेर सम्पन्न भएको छ ।

अझै पढ्नुहोस्
राजनीति

संघीय सांसद भए पनि सेवा धनगढीमैः काठमाडौं धाउने बाध्यताको अन्त्य गर्ने एजेण्डासहित मनु शाह चुनावी मैदानमा

धनगढी– देश संघीय संरचनामा गइसके पनि यसको प्रत्यक्ष लाभ अझैसम्म सर्वसाधारणले अनुभूति गर्न नपाएको गुनासो सुदूरपश्चिममा व्यापक छ । संविधानले संघ, प्रदेश र स्थानीय तहको

अझै पढ्नुहोस्