घोडाघोडीमा माओवादीको ३ महिने रूपान्तरण अभियानको समापन

शेयेर गर्नुहोस

पहलमानपुर / पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडी नगर कमिटीको समापन कार्यक्रम सोमबार पहलमानपुरमा सम्पन्न भएको छ ।


नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रूपान्तरण अभियानका कैलाली इन्चार्ज टेकेन्द्र भट्टको प्रमुख आथित्यतामा भएको अभियान समापन समारोहमा विभिन्न संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले संविधानको रक्षा तथा समृद्ध नेपालको परिकल्पना माओवादीको नेतृत्वमा मात्र सम्भव रहेको बताए । रूपान्तरण अभियानका घोडाघोडी इन्चार्ज तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य विमला सिंहले घोडाघोडी माओवादीको आधार भूमि र बलियो क्षेत्र रहेको जिकिर गर्दै यहाँका जनताले हरेक क्षेत्रमा माओवादीको नेतृत्वको आसा गरेको बताइन ।


नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवले पार्टी बलियो बनाउन रूपान्तरण अभियानले इट्टा थपेको बताए । उनले माओवादी बलियो भए समृद्धिको परिकल्पना पूरा हुने भन्दै माओवादीलाई साथ दिन जनतालाई आग्रह गरे ।
माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य शिवराज चन्दले माओवादीको दशबर्षे जनयुद्धको जगमा देशमा संसारकै राम्रो व्यवस्था गणतन्त्र स्थापना भएको भन्दै यो व्यवस्थाको रक्षा माओवादीले मात्र गर्न सक्ने बताए ।

शासकहरूबाट सोसित जनता माओवादीको कारण आएको परिवर्तनबाट खुसी साथ बाच्न पाएको यो अवस्थामा फेरि उहीँ पुरानो राजतन्त्र फर्काउने बेमौसमी बाजा बजाउनेहरू सकिएर जाने जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालको अध्यक्षतामा भएको समापन समारोहको सञ्चालन माओवादी केन्द्रका घोडाघोडी नगर कमिटी लक्ष्मण न्युरेले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष विनोद विकले गरेका थिए ।

ताजा खबर

The Ultimate Guide to 100 rs Deposit Casino: Everything You Need to Know

Polska ruletka online: wszystko, co musisz wiedzieć

Die effektivsten Online-Casino-Dienste: Ein umfassender Leitfaden zur Selektion der perfekten System

The Ultimate Guide to Online Roulette Casinos

Cascaderende winsten op de speelautomat

Cassinos que Aceitam Pix: Tudo o Que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Регистрационные бонусы в онлайн‑казино: как выбрать и воспользоваться в Казахстане

В Казахстане онлайн‑казино растут, а игроки ищут выгодные предложения.Одним из самых популярных способов начать игру без риска для кошелька является регистрационный бонус.Он даёт шанс попробовать

अझै पढ्नुहोस्