घोडाघोडी नगरपालिका स्थानियले आज नगरपालिका घेराउ गर्दै तालाबन्दि

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ४ का स्थानिय आन्दोलित भएका छन । माघी होम स्टे सिम्थरी देखि सिताकुण्ड मन्दिर गैडा खेडा सम्मको बाटो पिच,चर्को रोयल्टि नियन्त्रण,टेङ्गना नदि कटान नियन्त्रणको माग राख्दै स्थानियले आज नगरपालिका घेराउ गदै तालाबन्दि समेत गरेका छन ।

५ दिन देखि आन्दोलनरत स्थानियले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताएका छन । ५ दिन देखि सिम्थरी सडक अवरुद्ध गरिहेको अवस्थाबारे जानकारी दिदा नगर प्रमुखले सडक मात्रै होईन मान्छे पनि बन्द गर जस्तो गैर जिम्मेवारी पुर्ण जवाफ दिएकाले नगरपालिका पुग्न बाध्य भएको आन्दोलन संयोजक दान सिं रतोकिको भनाई छ ।


अहिले सडक कालोपत्रे गर्न सम्भव नभएपनि तुरुन्तै पानि पिच गर्नुपर्ने बताउदै उनी भन्छन,सकड धुलाम्य हुदा स्वास्थ्यमा समेत असर परिहेको छ । ढुङगा,गिट्टि,बालुवा निकासिका लागि दिनमा ३०,४० ओटा सम्म ट्याक्टर जाने गरेको बताउदै संयोजक रतोकिले भने,उत्खनन गरेर ल्याउछन तर समस्या हामिलाई हुन्छ । बस्ति कटानको उच्च जोखिममा छ तटबन्धनको आवश्यक छ ।
आन्दोलन गर्न लागेको ५ दिन भयो नगरपालिकामा आन्दोलन गर्न पुगेका कृष्ण रोकाया भन्छन ,कुनै सुनुवाई नभएपछि नगरपलिकामा तालाबन्दि गर्न बाध्य भयौ । रोयल्टिबाट आएको रकम स्थानिय बिकासमा नै लगाउनुपर्ने रोकायाको भनाई छ ।

भोट माग्दा धेरै आश्वासन दिने गरेको बताउदै स्थानिय नन्दा न्यौपाने भन्छिन,बिकासका काम केहि पनि हुदैनन । सकडका कारण हिड्न नै समस्या भएकाले तुरुन्त सडक कालोपत्रे गर्नुपर्छ ।


यता नगरपाकिाका प्रमुख खडक रावतले अहिले उठाईका बिषय तुरुन्तै पुरा गर्न नसक्ने बताए । उठाईएका ३ ओटै बिषय गम्भिर रहेको र सो बिषयमा नगरपालिकाको ध्यानाकर्षण भएको बताउदै रावतले भने प्रक्रिया पुर्याएर माग सम्बोधन गर्नेछौ । वडा न ४ को कार्यलयमा तालाबन्दि गरेपछि स्थानियहरु नगरपालिका पुगेका हुन ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्
प्रदेश

लगानी तथा बिकास सम्मेलनको तयारी तिब्र

कैलाली /सुदूरपश्चिम प्रदेश सरकारले २०८२ असोज १ र २ गते गर्ने लगानी तथा बिकास सम्मलेनको पुर्व तयारीका लागि चैत्र २७ गते पूर्व लगानी तयारी सम्मेलनको

अझै पढ्नुहोस्