सुखड कैलाली /कैलालीको घोडाघोडी नगरपालिका वडा न ९ का वडाध्यक्षले मनोमानि गरेको भन्दै कार्यलयमा तालाबन्दि गरिएको छ । वडाध्यक्ष हरिश चन्द्र शाहले मनोमानि गरेको भन्दै स्थानियले तालाबन्दि गरेका हुन । वडा न ९ फारम,रामशिखरझाला, रतिपुरका स्थानियले तालाबन्दि सहित अध्यक्ष ज्यु बिनास होईन बिकास चाहियो भन्ने पम्पलेट समेत कार्यलयमा टासेका छन ।

वडामा योजना तर्जुमा एक्लौटि रुपमा गर्ने गरेको,कार्यलय समयमा कार्यलयमा नभेटिने गरेको,उपभोक्ता समिति गठन गर्दा आफ्ना मान्छेलाई मात्रै राख्ने गरेको,आएका बजेटहरु पनि आफ्ना मान्छे नभएका कारण फ्रिज गरेको भन्दै तालाबन्दि गरेको स्थानिय धन बहादुर रावलले बताए । उनले भने,गत ज्येष्ठमा जलउत्पन्न डिभिजन कार्यालय कैलाली बाट ५० लाख बजेट ल्याएका थियौ । डम्बर बहादुर बुढाको अध्यक्षतामा उपभोक्ता समिति पनि गठन गर्यौ, तर आफ्ना मान्छे नराखेको भन्दै अध्यक्षले सिफारिसमा हस्ताक्षर गरि दिएनन बजेट फ्रिज भएर गयो ।
रतिपुर,फारम,शिखरझाला क्षेत्र डुवान हुने क्षेत्र हो त्यहा तटबन्धनकै लागि भनेर प्रदेश सरकारबाट १० लाखको योजना ल्यायौ त्यसमा पनि बिबाद छ । धन बहादुरले भने,हामिले राम्रो काम गर्लाल भनेर प्रत्यक्षल लाभगा्रहिलाई नै उपभोक्ता समितिमा राखेका छौ तर वडाध्यक्षले आफ्ना मान्छे राख्नुपर्ने भन्दै बिवाद गरिरहेका छन ।
केहि समय पहिले पनि जलउत्पन्न डिभिजन कार्यालय कैलाली बाट १५ लाखको योजना ल्याएर देब बहादुर बुढाको अध्यक्षतामा समिति गठन गरेको बतोदै धन बहादुरले भने, अध्यक्ष नाम मात्रमा सिमित भए त्यो काम पनि वडाध्यक्ष आफैले गरे । राष्ट्रिय दलित नेटवर्कको सुरक्षित आप्रवासका पनि वडाध्यक्षले लापरबाहि गरेको आरोप छ ।
आफै योजना ल्याउदा काम गर्न दिदैनन स्थानिय डम्बर बहादुर बुढा भन्छन,योजना जस्ले ल्याएपनि वडाको नै बिकास हुने हो तर वडाध्यक्षले आफ्ना मान्छे समितिमा नराखे सम्म सिफारिस दिदैनन ।स्थानिय तेज बहादुर भुलले भने,हामि सिफारिस लिन आयौ तर उहाले अहिले हुदैन भोलि मेरा मान्छे खोजेर ल्याछु समितिमा राख्नुपर्छ । तालाबन्दि सुरुवाति चरणमा रहेको बताउदै आगामि दिनमा वडाध्यक्ष सच्चिनुपर्ने उनिहरुको भनाई छ ।








