घोडाघोडी लगायत कैलाली जिल्लाका सिमसारमा आगन्तुक चराको चहलपहल बढ्दै

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी ताल नेपालीको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न प्रजातिका आगन्तुक चरा आइपुगेपछि चहलपहल बढेको हो । साइबेरिया लगायत उत्तरी क्षेत्रमा चिसो बढेपछि त्यहाँबाट विभिन्न प्रजातिका हाँससहित अन्य जलपन्छी विश्वरामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा क्षेत्रमा आइपुगेका हुन्।

जाडो छल्नका लागि कैलाली आइपुगेका यी चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा छ महिनासम्म अस्थायी रूपमा बसोबास गर्ने चराविद्व दयाराम चौधरीले बताए । “साइबेरियासहित उत्तरी क्षेत्रमा अत्यधिक चिसो भएपछि हिउँदे आगन्तुक चरा जाडो छल्न घोडाघोडी ताल सहित कैलालीको विभिन्न सिमसारमा आइपुग्ने गर्छन् । ती चराको बसोबास हिउँद अवधिभर यतै हुने गर्दछ”, उनले बताए।

जाडो छल्न यहाँ आएका चरा सुनजुरे हाँस, कैलेटाउको हाँस, मालक हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, बेल्चाठूँडे हाँस, खडखडे हाँस रहेका छन् । यसैगरी, सिन्दुरे हाँस, हरियो टाउको हाँस, सुइरो पुच्छ्रे हाँस, विजुलागैरी हाँस, डुबुल्की चरा, सिउरे डुबुल्की चरा, ठुलो जलेवा पनि उत्तरी क्षेत्रबाट अस्थायी बसाइसराइ गरेर घोडाघोडी आइपुगेका छन् ।


हाँस प्रजातिका हिउँदे आगन्तुक चरा छ हजारभन्दा बढी किलोमिटर दूरी पार गरेर साइबेरियाबाट कैलाली आएका हुन् । यी जलपक्षी यहाँ आउने क्रममा विभिन्न ठाउँमा बस्दै आइपुग्ने गरेका जनाइएको छ । यसैगरी, चीन, तिब्बततिर प्रजनन गर्ने ठुलो जलेवा जाडो यामभरी यहाँका सिमसारमा रमाउने गर्दछन् ।

घोडाघोडी ताल सहित घोडाघोडी तालका२४ वटा साहयक तालहरु , , लौकाहा–भौकाहा, कोइलही, चिडियाताल सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोडतालसहित कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रगतिका हिउँदे आगन्तुक चरा देखिने गरेको जनाइएको छ । अक्टोबरदेखि आएका आगन्तुक जलपन्छी मार्चतिर पुनः पुरानै ठाउँतिर फर्कने गरेको बताए ।
घोडाघोडी ताल चराको लागि उपयुक्त वातावरण रहेकाले विभिन्न जातका बगाले सिमकुखुरा , हरिहास , नादुलहास चराहरुले प्रजनन केन्द्र बनाएका छ्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Strategic platforms and kalshi promo code to maximize event outcomes efficiently

Eigenschaften und Funktionen des SpinBounty Casinos

What is Real Prize Casino?

Provocarea distractivă chickenroad în traficul aglomerat, un test de reflexe și strategie pentru fani

Fordelene ved underholdning vokser gennem nvcasino og skaber fantastiske præmier hver gang

Understanding BetVictor Casino: Overview and Features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

चुनावमा कुनै दल संग गठबन्धन नहुने : प्रवक्ता पण्डित

माेहित श्रीपाइली,टीकापुर / आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टि र अन्य दल बिच चुनावी गठबन्धन नहुने पार्टी प्रवक्ता दामोदर पण्डितले बताउनु भएको छ । पार्टी प्रवक्ता

अझै पढ्नुहोस्
प्रदेश

प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी

धनगढी, २४ पुस/प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुन रामअवतार चौधरी निर्वाचित भएका छन् । शनिबार भएको सुदूरपश्चिम प्रदेशको वन प्राबिधिकहरुको भेलामा चौधरी सर्बसम्मत

अझै पढ्नुहोस्