धान दिवसको अवसरमा शुभकामना आदानप्रदान

शेयेर गर्नुहोस


टिकापुर/नेपाल प्रेस युनियन लम्की टीकापुर शाखाले असार १५ अर्थात धान दिवसको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना कार्यक्रममा नेपाल पत्रकार महासंघको आगामी निर्वाचनका बारेमा समेत छलफल भएको छ । छलफलमा बोल्दै सहभागीहरुले महासंघका जिल्ला, प्रदेश र केन्द्रमा युनियनका उम्मेदवारलाई विजयी गराउने कुरामा एकमत हुनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जमुना न्यूरेले महासंघको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताईन । उनले युनियनमा हुने गुटबन्दीको अन्त्य हुनुपर्ने बताईन ।

सोही अवसरमा नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का निवर्तमान सभापति तथा युनियनका नेता भुवनेश्वर अधिकारीले युनियनकर्मी बिचको एकता नै तागत भएको बताए । उनले विगतमा भएका कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले पत्रकार महासंघको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न चुनौती थपिएको बताए । उनले महासंघको गरिमालाई ख्याल गर्दै सहज ढंगले नेतृत्व चयनमा सघाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, नेपाल प्रेस युनियन कैलालीका निवर्तमान अध्यक्ष श्रवण देउवा लगायतले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fortunata esperienza di gioco con rockyspin casino e promozioni vantaggiose per nuovi utenti

Außergewöhnliche Gewinne warten mit dem rockyspin casino auf jeden Spieler

Genuine opportunities with slotair casino and boosted winning potential

Essentielle flexibilité et slotair pour une planification aéronautique réinventée et durable

Adventure awaits from signup to payouts through luckywave casino experiences

Uitgebreide analyses rondom luckywave casino bieden nieuwe perspectieven

सम्बन्धितखवर

छुटाउनु भयो कि !