बसन्ता संरक्षित क्षेत्र अतिक्रमणको चपेटामा, बाघ आहार खोज्दै बस्तिमा

शेयेर गर्नुहोस

जमुना न्युरे ,सुखड / कैलालीको भजनी क्षेत्रमा रहेको कालिका सामुदायिक वनमा कहि समय देखि पाटे बाघको देखा परेको छ । पछिल्लो समयमा भयको वन अतिक्रमण र वन डढेलोको कारण आहारबिहारका लागि पाटे बाघ कालिका सामुदायिक वनमा आयको करिब महिना दिन पुग्न लाग्दा बाघले ठाउँ छोडेको छैन ।
बैशाख को पहिलो सातामा देखा परेको बाघ अहिले सम्म त्यही क्षेत्रमा वरपर ओहोरदोहोर गरि रहेको सब डिभिजन बन कार्यलय भजनीका प्रमुख नितेश राज भट्टराईले जानकारी दिए ।

बैशाख पहिलो सातादेखि कैलालीको दक्षिण पुर्ब क्षेत्रको जंगलमा पाटे बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थालेपछि स्थानीय त्रसित छन्। तर, बाघको ओहोर दोहोर भने त्यस क्षेत्रमा नयाँ होइन्।

सामुदायिक वनमा देखा परेको बाघ रेडियो कलर’ जडित रहेको छ ।
पाटेबाघ देखा पर्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ। भजनी नगरपालिका–५ को गुलरियाघाट तिकुनिया नाका क्षेत्रमा पाटेबाघ देखा परेपछि मानवीय क्षति नहोस् भनेर सुरक्षा सतर्कता बढाइएको हो।

सबडिभिजन वन कार्यालय भजनी, सुरक्षा निकाय, स्थानीय सरकारसहित सञ्चारमाध्यममार्फत सर्वसाधारणलाई सतर्क पारिएको छ। यसैगरी डिभिजन वन कार्यालयले बाघको निगरानी गर्ने कार्य गरिरहेको छ। 
वन कार्यलयले बस्तीनजिकको जङ्गलमा देखिएको बाघको निगरानी गरिरहेको छ , बाघको निगरानीका लागी राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा चार वटा स्वचालित क्यामरा राखेर बाघको निगरानी गर्ने कार्य भइरहेको डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिलालले बताए ।

बाघ देखा परिरहेको क्षेत्रमा तीनतिर मानव बस्ती छ। अहिले खेतमा रहेको उखु काटिएपछि त्यो बाघ भजनी नगरपालिका–५ स्थित नेपाल–भारत सीमा क्षेत्र नजिक कालिका सामुदायिक वनमा बस्न थालेको छ। गुलरियाघाटस्थित सशस्त्र प्रहरीको बेस क्याम्पनजिक माछापोखरी किनारमा सुतेको अवस्थामा बाघ देखिएको हो ।

यसैगरी ‘क्यामरा ट्र्याप’ गर्दा त्यसमा पनि बाघ देखा परेको छ। फोटोमा देखिएको रेडियो कलर जडित बाघ सम्भवतः पोथी रहेको वन कार्यालय प्रमुख रिजालले बताए । उनले भने बाघ बस्तीनजिक आए पनि सम्भवतः नरभक्षी होइन तर सावधान रहन आवश्यक छ। बाघले सामुदायिक वनमा एउटा नीलगाई र अर्को गाई मारेर खाएको जनाइएको छ। 

वसन्ता कोरिडोरको भजनी क्षेत्रमा विगतमा समेत बाघ आए पनि फोटो भने सङ्कलन हुन सकेको थिएन। गत पुस–माघमा समेत वसन्ता, रामपुर, हसुलिया हुँदै मसुरिया क्षेत्रमा रेडियो कलरजडित बाघ देखा परेको थियो। बाघहरू डमरु सहित आउने र डमरू हुर्काउनका लागि वसन्तासहित भजनी क्षेत्रमा बर्सेनि आउने गर्छन्। 

यता संरक्षणकर्मी विजयराज श्रेष्ठले भने बसन्ता कोरिडोर बन्यजन्तु भारतको दुधुवा नेशनल पार्क र कतर्निया घाट सङ जोड्ने पुलको रुपमा काम गरेको छ जसका कारण बन्यजन्तुहरु आहारबिहार गर्नका लागि भजनी ,हसुलिया मसुरिया हुँदै चुरे हुँदै फेरि कर्णाली कोरिडोर हुँदै , वसन्ता कोरिडोरमा प्रायः बाघको ओहोरदोहोर भइरहन्छ।”

बाघको ‘मुभमेन्ट’ बस्तीको अलि नजिक भइरहेकाले सबैलाई सावधान रहन वन कार्यालयले आग्रह गरेको छ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

गौरीगङ्गाका तीन विद्यालयमा २३ विद्यार्थीमा मुटुसम्बन्धी समस्या पहिचान

जमुना न्युरे,धनगढी /कैलालीको गौरीगङ्गा नगरपालिकाका तीन विद्यालयमा गरिएको मुटु परीक्षणका क्रममा २३ जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या देखिएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा,

अझै पढ्नुहोस्