भजनि नगरपालिकाका स्वास्थ्यकर्मी कर्मचारी धर्नामा

शेयेर गर्नुहोस

जमुना न्युरे ,भजनी/ कैलाली स्थित भजनि नगरपालिका प्रवेशद्वारमा ४० कर्मचारी धर्नामा बसेका छन् ।
नगरपालिकाका स्वास्थ्य शाखा र ९ वडाका स्वास्थ्य संस्थाका कर्मचारी तलबभत्ता नपाएपछि आइतबारदेखि हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका हुन्।

स्वास्थ्यकर्मी आन्दोलित भएका कारण-नगरपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको छ। मााग सम्बोधन नहुन्जेलसम्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्रमा आकाश्मिक सेवा मात्र दिने अरु सेवा लगायतका सेवामा सहभागी नहुने चेतावनी उनीहरूको छ। माग पूरा नभए आन्दोलनका थप कार्यक्रम गर्ने तयारीमा उनीहरू छन्।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी मापदण्ड ल्याएर समायोजन गरेको थियो। नगरपालिकाले समायोजन मिलान भई आउने कर्मचारीलाई तलब दिने सहमति दिएको थियो। सहमतिमा समायोजन मिलान भई आउने कर्मचारीलाई तत्काल हाजिर गराई कामकाज लगाइने र नियमअनुसारको तलबभत्ता उपलब्ध गराउने उल्लेख छ।

भजनी नगरपालिकाको वडा नं ४ को धनौरा आधारभूत स्वास्थ्य केन्द्र प्रमुखमा कार्यरत अहेव लक्ष्मी प्रसाद जोशी आफू समायोजनमा आए पनि तलबभत्ता नपाएको बताए । उनी डोटि जिल्ला जोरायल गाउँ पालिकाबाट समायोजन मिलान भएर भजनी नगरपालिका आएका हुन्। समायोजन मिलान गरी आएका जोशिले ४ महिना देखि तलबभत्ता पाएका छैनन् रर।

यता स्वास्थ्यकर्मिहरुले ५ सुत्रीय माग राखी अनिश्चितकालका आन्दोलन गरिने माग ( १ )स्थायी स्वास्थ्यकर्मिहरुको पारिश्रमिक यथासिघ्र ब्यबस्था गर्ने (२) स्वास्थ्या सेवाका कर्मचारीहरुलाइ अन्य कर्मचारी सरह इन्धन लगायत प्रोत्साहन सुबिधा प्रदान गर्ने
(३) आगामी आर्थिक बर्षको पारिश्रमिकको ब्यबस्था अग्रिम ग्यारेन्टी गर्ने
(४) समायोजन र समायोजन मिलान गरि आएका स्वास्थ्यकर्मीहरुलाइ हाल कामकाज गरिरहेका स्थानमा पदस्थापना गर्ने
(५) हालै स्तरवृद्धि भएका स्वास्थ्यकर्मीहरुलाइ कामकाज गरिरहेका स्थानमा पदस्थापना गर्ने भनी आन्दोलन सङ्गै धर्ना कार्यक्रम आज बाट अनिश्चितकालिन सम्म गरिने स्थायी स्वास्थ्या कर्मचारी सर्घष समिति सयोजक लालबोझी स्वास्थ्यचौकी प्रमुख जन स्वास्थ्य निरीक्षक चेत राज ओझाले बताए ।

नगरपालिकामा स्वास्थ्य शाखा प्रमुख जिम्मेवारि समालिरहेका जन स्वास्थ्य निरिक्षक कैलाश चौधरीले भने आफुले स्वास्थ्यकर्मी पारिश्रमिक बारेमा पटक पटक नगर प्रमुख र प्रशासकिय अधिकृतलाई मौखिक तथा लिखित रुपमा जानकारी गराउदा समेत ४ महिना देखि कुनै पहल र समस्या सामाधान तर्फ कुनै कदम नचालेको हुदा आफुहरु स्वास्थ्य जस्तो संबेदनसिल काम पनि छोडेर आन्दोलन गर्न बाध्य भयको बताए ।

भजनी नगरपालिका–१ को भजनि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिअनमी रिता देबकोटा स्थायी भै काम गर्न थालेको १० बर्ष भयो कोरोना जस्तो महामारीको समयमा घरपरिवार , नभनेर जनताको स्वास्थ्य उपचारमा गइयो आफ्नो स्वास्थ्य को जोखिममा राखेर काम गरियो अहिले नगरपालिकाले आफुहरुले जोखिम मोलेर काम गरेको प्रोत्साहन गर्नुको सट्टा नियमित पारिश्रमिक समेत रोकि दियो ।

भजनी नगरपालिकामा स्वास्थ्य शाखा र स्वास्थ्य चौकीमा गरी स्थायी ३३ जनाको दरबन्दी छ। आर्थिक वर्ष २०७५/०७६ मा तत्कालीन सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा चिकित्सक सहितको स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको थियो । सोही अनुरूप भजनी नगरपालिकाले ९ वटै वडामा स्वास्थ्य संस्था विस्तार गर्‍यो।

यता भजनी नगरपालिकामा स्वस्थ्यकर्मीको समस्या बारेमा स्थलगत रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीलाई स्वास्थ्यकर्मीहरुले आकास्मिक सेवा बाहेक सबै सेवाहरु अनिश्चितकालका बन्द गरेर ,कार्यलय छोडेर नगरपालिकामै धर्ना दिएका छ्न तपाईं यो विषयमा के भन्नू हुन्छ भन्ने प्रश्न गर्दा उनले स्वास्थ्यकर्मीले गरेको धर्नाका विषयमा नबोल्ने भन्दै आफ्नो कार्यकक्ष तिर लागेका हुन ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दुध आयात पूर्ण रुपमा रोक्न नेपाल किसान महासंघ कैलालीको माग

धनगढी । भारतबाट दुध आयातलाई पूर्ण रुपमा रोक्नुपर्ने नेपाल किसान महासंघ कैलालीले माग गरेको छ । बिहिबार कैलाली प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र

अझै पढ्नुहोस्