नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीकाे तालमेलमा १२ बुदे सहमतिमा हस्ताक्षर

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको तालमेलमा १२ बुदे सहमतिमा हस्ताक्षर भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा सीके राउतले मोर्चावन्दीका लागि  १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन ।

आइतबार भएको सहमतिमा दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय रहेका  छन् ।


साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएर मात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुबै दलको सहमति छ । जबकि जनमत पार्टीले यो मोर्चावन्दी अघि नै संघीय सरकारमा एक मन्त्री सहभागी गराइ सकेको छ ।
जनमत पार्टीले मधेस प्रदेशमा तथा नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा मुख्य मन्त्रीको दावी गरिरहेका छन्

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ७ मा प्रथम वडा भेला सम्पन्न

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको बेलुवामा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ बेलुवामा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्