दुई लाखको सामान समातियो

शेयेर गर्नुहोस

मोहित श्रीपाइली,बैदि / सरकारले किसानलाई समयमा सहजरूपमा मल उपलब्ध गराउन नसकेको अवस्थामा भारतीय बजार बाट मल ल्याउन थालेको छ ।

नेपालमा सहजरूपमा मल उपलब्ध हुन नसक्दा प्रशासनले पनि किसानलाई भारत बाट आउने मल माथि कडाइ गरेको छैन ।तथापि सिमाक्षेत्र बाट मल ल्याउने बहानामा अन्य सामान भित्रीने भेटिएको छ । युरियाकाे नाममा किसानको नाममा जनतालाई भावनात्मक बनाएर तस्करी गर्ने रहस्य बाहिर आएको छ ।

यसकाे ज्वलन्त प्रमाण टिकापुर ७ कालाकुण्डामा साउन १७ गते राति साढे १२ बजे भेटिएको छ ।
सत्ति भन्सार कार्यालय र शसस्त्र प्रहरी खक्राैलाकाे राजस्व गस्ती टाेलिकाे संयुुक्त टाेलिले गस्ती गर्ने क्रममा मलको बाेरा भित्र चिनि तस्करी हुने गरेको रहस्य बाहिर आएको हो ।

गस्ती टाेलिले बाहिर मल लेखिएको तथापि भित्र चिनि भएको १५ बाेरा चिनि बरामद गरेको छ ।
साथमा एक हल राँगा ,दुईवटा डन्लप( गाेरु गाडा ) ४० बाेरा युरिया र ६ बाेरा डिएसपी मल पनि बरामद गरिएको विअाेपि खक्राैलाका इन्चार्ज धन बहादुर सिंहले जानकारी दिए ।

विशेष सुराकीको जानकारी बाट साे मलको बाेरा भित्र चिनि समातिएको उनलेे बताए ।
भन्सार छलि गरेर सामान नेपाल भित्र्याउने गरेकोले सत्ति भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन ।

साउनको दाेस्राे हप्ता सम्म सत्ति भन्सारले १८ लाख रुपैयाँ संकलन गरेको जनाइएको छ भने गतवर्षकाे साउन महिनामा मात्र १ करोड ७२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक छ ।
साउन र भदौमा विशेषगरी कपडा नेपाल भित्रीने भए पनि भन्सार बाट कपडा नगन्य मात्रामा आयात हुने गरेको देखिन्छ ।

ताजा खबर

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Proč je stoprocentní lokalizace herní nápovědy do češtiny klíčem k úspěchu?

Live dealer tafels voor echte Nederlandse speler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

वनको धेरै विषय दलको कब्जामा छ तर विभागलाई दोष दिइन्छ ;देवशमणी त्रिपाठिको अन्तर्वार्ता

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिँदा ४ वर्षमा सक्ने गरि सम्झौता भएको थियो। २०७४ मा सम्झौता भए पनि अहिलेसम्म एक तिहाइ कामसमेत फत्ते हुन

अझै पढ्नुहोस्
राजनीति

सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको राष्ट्रिय भेला हुँने

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राष्ट्रिय भेला हुने भएको छ । मंसिर ११ र १२ गते उक्त भेला काठमाडौकाे ठमेलको एक होटलमा आयोजना

अझै पढ्नुहोस्