टीकापुरमा भूमिहिन र अव्यवस्थितकाे फारम भर्न छुटेकाले फारम भर्न पाउने

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुरमा राष्ट्रिय भूमि प्राप्तिको अभियान अन्तर्गत भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीमा यस अघि फारम भर्न छुटेका परिवारले फेरि फारम भर्न पाउने भएका छन् ।

यस अघि भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीमा फारम भर्न छुट भएका हुन सक्ने भन्दै टीकापुर नगरपालिकाले सुचना प्रकाशन गर्दै छुट भएका परिवारलाई फारम भर्न आग्रह गरेकाे छ ।

राष्ट्रिय भूमि आयोग र टीकापुर नगरपालिका विच फागुन १२ गते दाेस्राे पटक सम्झौता भइ नगरपालिकाले लालपुर्जा दिन प्रकृया सुरु गरेको हाे । चैत मसान्तसम्म छुटफुट भएकाहरुकाे डाटा संकलन गर्ने नगरपालिकाकाे सुचनामा जानकारी गराएको छ ।

यस अघि फारम भर्न छुटेका भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले आ आफ्नो वडा कार्यालयमा गई फारम भर्न पाउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । छुट भएका भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुकाे तथ्यांक लिइ सकेपछि डाटा इन्ट्री गर्ने काम गरेने र त्यस लगत्तै पहिलो चरणमा जग्गाको नापनक्सा र निस्सा दिने कार्य गरिने नगर प्रमुख तपेन्द्र बहादुर रावलले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयाे । हामीले चुनाब अगाडि नै जग्गा नापनक्सा गरि जग्गाको निस्सा दिई जनताकाे हात हातमा लालपुर्जा दिने साेचमा थियौ तर प्राविधिक समस्यका कारण लालपुर्जा दिन नसकेता पनि जग्गाको निस्सा दिने काम अगाडि बढाउने बताउनुभयो ।

नगर प्रमुख रावलले भूमिहीनको लामो समय देखिको समस्या समाधान हुन लागेको बताउनु भएको छ । ‘विगतका बर्ष देखि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुले झेल्दै आएका समस्याको समाधान हुने उहाँले बताउनुभयो । चैत महिनामा छुटफुट भएका परिवारकाे डाटा संकलन गरिने र लगत्तै जग्गाको नापनक्सा र निस्सा दिने कार्य गरिने भएको हुँदा लालपूर्जा पाउने कुरामा ढुक्क हुन नगर प्रमुख रावलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Winplace Casino Slot Experience

Odins Fortune Casino Slot Game Experience

Sfida la Fortuna con i Giocchi da Casinò di DailySpins Casino

El Juego de Dinero con Préstamos Rápidos en México, un Servicio Ofrecido por MoneyPanda

Amonbet Casino Slot Experience Overview

The Luckymister Slot Machine Experience in Las Vegas Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !