TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

टीकापुरकाे बाढीपिडित संघर्ष समितिकाे टोलीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुरकाे बाढी पीडित संघर्ष समितिले टीकापुरका बाढीपीडितकाे समस्याका बारेमा प्रधान मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
विहिबार बाढीपीडित संघर्ष समिति टीकापुरले काठमाडौंमा प्रधान मन्त्री शेर बहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन ।

बाढीपीडित संघर्ष समितिका संयाेजक धनसिंह साउदले आफ्ना मागहरु सुनाउनुहुदै प्रधान मन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझ्दै प्रधान मन्त्री देउवाले आफू टीकापुर क्षेत्रमा आएको बाढीका विषयमा जानकार रहेकाे बताउनुहुदै तत्काल नदि नियन्त्रण र बाढीले भत्काएका संरचना निर्माणका लागि बजेटकाे व्यवस्था मिलाउने आसवासन दिनुभयाे ।

टोलीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर तीन बुदे ज्ञापन पत्र बुझाएको बुझिएको थियाे । वर्षादको समयमा आउने गरेको कर्णाली, पथरैया र मोहना नदीको बाढीले बस्ती नै खतरामा रहेकाले नदी व्यवस्थापनका साथै तटबन्ध निर्माण गरि दिन आग्रह गर्दै उक्त टोलीले ज्ञापन पत्र बुझाएको टीकापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा प्रवक्ता दिर्घ बहादुर ठकुल्लाले बताउनुभयो ।

उहाँले ज्ञापन पत्र बुझे पछि अर्थमन्त्री जनार्दन शर्मा र सिंचाई मन्त्री पम्फा भुषालले टीकापुरको बाढी प्रभावित क्षेत्रमा भएको क्षति न्युनिकरणका लागि दिर्घकालीन योजना सहित काम गर्ने आश्वासन दिनुभएकाे बताउनुभयो ।

प्रवक्ता ठकुल्लाका अनुसार सिंचाई मन्त्री भुसालले रानीजमरा कुलरिया सिंचाई आयोजनाले टीकापुरमा कृषि क्षेत्रको विकासका लागि सिंचाईको व्यवस्थापन, खेतीयोग्य जमिन र बस्ती जोगाउनका लागि तटबन्धको काम भइरहेको बताउनुभयो ।उहाले टीकापुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको रोहबरमा बाढी पीडित क्षेत्रका समस्याहरु समाधानका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराउनका लागि तीन बुदे ज्ञापन पत्र बुझाएको जानकारी दिनुभयाे ।

टीकापुरकाे शाहीपुरको क्षतिग्रस्त तटबन्ध यसै आर्थिक वर्षमा सम्पन्न गर्नु पर्ने, वडा नम्बर ८ मा पर्ने हुलाकी राजमार्गको यथाशीघ्र मर्मत सम्भार गरिनुपर्ने, कर्णाली नदीको कटान नियन्त्रण गर्न भन्दै राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिंचाई आयोजनासंग २०७२ साल चैत १३ गते हाईग्रीभा, सिद्धीशाही, प्रकाश जे.भी. सामाखुशीसंग सम्झौता भएको ६ वर्ष सम्म पनि निर्माण कार्य सम्पन्न नभएकोले तटबन्धको काम छिटो छरितो गरी स्थानियको जीउ, धनको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको जनाएको छ ।

सुदूपश्चिम प्रदेश सभाका सदस्य डा. रण बहादुर रावल, टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल, टीकापुर नगरपालिका ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेप बहादुर चौधरीको विशेष उपस्थितिमा ज्ञापन पत्र बुझाइएको थियाे । बुधबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बाढी पीडित संघर्ष समितिका संयोजक धन सिंह साउंदले जानकारी दिनुभयाे ।

कर्णाली, पथरैया र मोहना नदीको कटान र बाढीबाट टीकापुर नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ का बस्तीहरु पूर्ण रुपमा विस्थापित हुने अवस्था आएको स्थानियबासिन्दाकाे भनाइ रहेको छ ।

टीकापुर नगरपालिका वडा नम्बर ५ मा पर्ने शाहीपुर क्षेत्रबाट कर्णाली नदी पस्दा टीकापुर ८ अन्तर्गत हुलाकी सडक खण्डको सुर्यपुर देखि कर्णाली पुल सम्मको करिब ५ सय मिटर सडक खण्ड पूर्ण रुपमा नष्ट भएको छ । उक्त सडक खण्ड अझै मर्मत भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा स्वास्थ्यकर्मीद्वारा दबाबमुलक कार्यक्रम

जमुना न्युरे,धनगढी  /  धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् ।तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् । उनीहरुले

अझै पढ्नुहोस्