नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ मा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको हाे ।
केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित प्रमुख अथिति रहनु भएको थियोे ।

कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मण किशोर चाैधरी, त्रिभुवन माविका प्राचार्य उल्खा देविवि.क., पत्रकार गणेश चाैधरी, मेरी आमा संस्थाका संचालक दिव्या चाैधरी,जिल्ला सदस्य रुपलाल वि.क.लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

भेलाले चमन चौधरीकाे संयाेजकत्वमा २१ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा निशान चाैधरी, काेषाध्यक्षमा सम्झना चाैधरी , सचिवमा कमल शाह र सह-सचिवमा दुर्गा वि.क.चयन हुनुभएको छ ।
केन्द्रीय सदस्य तथा कार्यपालिका सदस्य रमेश वि.क.ले स्वागत गर्नुभएको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलाली कञ्चनपुरका पालिकामा लैङ्गिक हिंसाविरुद्धको अभियानमा विविध कार्यक्रम गरिने

धनगढी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ । लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि

अझै पढ्नुहोस्
समाचार

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

धनगढीः कैलालीको धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम कचहरीको उद्घाटन गरेका हुन्। उद्घाटन सत्रमा उनले सुदूरपश्चिममा अपार

अझै पढ्नुहोस्