TRENDING
Ασφάλεια στα Ελληνικά Online Καζίνο
Roulette with Live Dealer UK Secure: An Expert Guide
Mostbet Türkiye casino
Pokerdom – Официальный сайт онлайн казино Покердом
Online casino Amonbet in Nederland – Registratie en accountaanmaak voor nieuwe spelers
Next
Prev

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

शेयेर गर्नुहोस

धनगढीः कैलालीको धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम कचहरीको उद्घाटन गरेका हुन्।


उद्घाटन सत्रमा उनले सुदूरपश्चिममा अपार सम्भावना रहेको भन्दै ती सबै सम्भावनाहरूमार्फत समृद्धिको ढोका खोल्नुपर्ने बताएका थिए। उनले दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमले प्रदेश र संघीय सरकारलाई विकासको बाटो देखाउने विश्वास व्यक्त गरेका थिए।
‘सुदूरपश्चिम प्रदेशमा अपार सम्भावनाहरू छन्।

ती सबै सम्भावनाहरूलाई यो कार्यक्रमले नीतिगत रूपमा समृद्धितर्फ केन्द्रित बनाउने विश्वास लिएको छु, ’ मुख्यमन्त्री शाहले भने, ‘दुई दिनको छलफल र त्यसको निष्कर्षले सरकारलाई नीतिगत सुधारका सुझावहरू पनि दिने विश्वास लिएको छु।’


उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले जेठ २ र ३ गते हुने कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने बताएका थिए।
सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि समृद्धितर्फ लम्किन नसकेको भन्दै यस्ता कार्यक्रमहरूले त्यो भूमिका निर्वाह गर्ने उनले बताए।


कार्यक्रमहरूले प्रदेशको समृद्धि र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन मद्दत पुग्ने उनले बताएका थिए ।
कार्यक्रमबारे प्रकाश पार्दै पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य नरेश शाहीले सुदूरपश्चिमको स्वाभिमान झल्काउने उद्देश्य रहेको बताए।


‘दुई दिने कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा आधारित नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गरिनेछ, ’ उनले भने, ‘कार्यक्रममा उठेका निष्कर्ष तथा सुझावलाई नेपाल सरकारको आगामी बजेट तथा नीति निर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइनेछ। ’


कुमाउँ विश्वविद्यालय, नैनीताल, भारतका प्राध्यापक डा. रितेश शाहले सुदूरपश्चिम प्रदेशमा थुप्रै सम्भावना रहेको बताउँदै ती सम्भावनाहरूको प्रचारप्रसार गर्न आफूहरूले पनि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।
सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले दुई दिनसम्मको बहस र छलफलले संघीय र प्रदेश सरकारलाई नीतिमार्फत समस्या समाधान गर्न सहज हुने बताएका थिए।


‘हामीले तपाईंहरू सबैका रचनात्मक सुझावहरूको अपेक्षा गरेका छौँ, ’ उनले भने, ‘यहाँको बहस छलफलमै केन्द्रित हुनुहुँदैन। संवादमार्फत नीतिगत सुधारको पहल हुनुपर्छ।’
विकासका लागि स्पष्ट दृष्टि, इमान्दारिता र साझा उत्तरदायित्वका लागि सार्थक राष्ट्रिय बहसको सुरुवात भएको उनले बताए।


नीति तथा प्रदेश योजना आयोगको समन्वय सुरु भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जिवन रानाले दोस्रो पञ्चवर्षीय योजनाबारे जानकारी गराएकी थिइन् ।


उद्घाटन सत्र सकिएलगत्तै सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धिबारे नीतिगत बहस सुरु भएको थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापा, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ अर्याल र नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाबीचको बहस वरिष्ठ पत्रकार टिकाराम यात्रीले सहजीकरण गर्नेछन्।


सुदूरपश्चिमको स्वाभिमान, ऐतिहासिक विरासत र पहिचान विषयमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, उपकुलपति डा. टी.एन. जोशी, बासुदेव पाण्डे र यज्ञराज उपाध्यायबीच बहस हुनेछ। यस सत्रको सहजीकरण पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले गर्नेछन्।


पहिलो दिनको अन्तिम सत्र ‘संघीयताको अभ्यासः अनुभव, चुनौती र सुधारको बाटो’ विषयमा केन्द्रित हुनेछ। त्यसमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, दीर्घ सोडारी, संघीयता विज्ञ खिमलाल देवकोटा, सोमत घिमिरे र परशुराम उपाध्याय सहभागी रहनेछन्। उक्त सत्रको सहजीकरण वरिष्ठ पत्रकार मनमोहन स्वारले गर्नेछन्।
दुई दिने कार्यक्रममा संघ, प्रदेश तथा स्थानीय तहका सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा विज्ञहरूको सहभागिता रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Ασφάλεια στα Ελληνικά Online Καζίνο

Roulette with Live Dealer UK Secure: An Expert Guide

Mostbet Türkiye casino

Pokerdom – Официальный сайт онлайн казино Покердом

Online casino Amonbet in Nederland – Registratie en accountaanmaak voor nieuwe spelers

Online casino Amonbet in Nederland – Registratie en accountaanmaak voor nieuwe spelers

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्
समाचार

कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुदैं

धनगढी/ कैलाली जिल्लाका उत्कृष्ट खेलाडीहरु सम्मानित हुने भएका छन् । कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा पछिल्लो आर्थिक बर्षमा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न खेलका खेलाडीहरुलाई नगद

अझै पढ्नुहोस्