नागरिक उन्मुक्ति पार्टीको वडा नं. ४ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।
शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सुरु गरिएको हाे ।

वडा नं. ४ का वडा अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य लालविर चाैधरीकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य दामोदर पन्डित, केन्द्रीय सदस्य लक्ष्मण किशाेर चाैधरी, केन्द्रीय सदस्य रमेश वि.क. र केन्द्रीय सदस्य दिपक निशानी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

रामवलि द. थारुकाे संयाेजकत्वमा ४३ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा प्रेमलाल चाैधरी, काेषाध्यक्षमा विपना चाैधरी, सचिवमा मंगल चाैधरी र सह-सचिवमा कमल चाैधरी चयन हुनुभएको छ ।

केन्द्रीय सदस्य रमेश वि.क.ले स्वागत गरेको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्
समाचार

पालिकाले प्रधानाध्यापक नियुक्त गरे विद्यार्थीले आन्दोलन सुरु

कैलालीको घोडाघोडी नगरपालिकाले  शिक्षा नियमावली २०५९ विपरीत प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका छन्।  शिक्षा नियमावली २०५९को नियम ९३  मा विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित

अझै पढ्नुहोस्