नागरिक उन्मुक्ति पार्टीको वडा नं. ४ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।
शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सुरु गरिएको हाे ।

वडा नं. ४ का वडा अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य लालविर चाैधरीकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य दामोदर पन्डित, केन्द्रीय सदस्य लक्ष्मण किशाेर चाैधरी, केन्द्रीय सदस्य रमेश वि.क. र केन्द्रीय सदस्य दिपक निशानी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

रामवलि द. थारुकाे संयाेजकत्वमा ४३ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा प्रेमलाल चाैधरी, काेषाध्यक्षमा विपना चाैधरी, सचिवमा मंगल चाैधरी र सह-सचिवमा कमल चाैधरी चयन हुनुभएको छ ।

केन्द्रीय सदस्य रमेश वि.क.ले स्वागत गरेको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुशासन नै पहिलो प्राथमिकताः मतदाताको रोजाईमा मनु

धनगढी/कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह “मनु” ले सुशासनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी अभियान अन्तर्गत विभिन्न स्थानमा

अझै पढ्नुहोस्