TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

पालिकाले प्रधानाध्यापक नियुक्त गरे विद्यार्थीले आन्दोलन सुरु

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी नगरपालिकाले  शिक्षा नियमावली २०५९ विपरीत प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका छन्। 

शिक्षा नियमावली २०५९को नियम ९३  मा विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ । तर, नगरपालिकाले नियमावली विपरीत आफै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका हुन् । 

नगरपालिकाको गैर कानुनी नियुक्ति सच्चाउनु पर्ने भन्दै पहलमानपुरस्थित श्री कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आज विद्यालयमा तालाबन्दी गरेका छन् ।  उनीहरुले कार्यालय र मूल गेटमा ताला लगाएका हुन् । मुलगेटमा विद्यार्थीहरूले तालाबन्दी गर्दा अधिकांश शिक्षकहरू भित्रै थुनिएका छन् । 

यस अघि विद्यार्थीहरूले नगरपालिकाको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहलाई माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीसहितको प्रेस विज्ञप्ति बुझाएका थिए । 

‘नयाँ प्रअ पठाउने भन्ने सूचनाप्रति हामी अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको ध्यान आकर्षित भएको छ । प्रधानाध्यापक परिवर्तन तथा शिक्षक सरुवा कानुन सम्मत र विद्यार्थीहरूको पढाइलाई प्रभावित नपर्ने गरी गरिनुपर्छ ’ नगरपालिकामा विद्यार्थीहरूले बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको विद्यार्थीहरूले बताएका छन् । विद्यालय यहाँसम्म ल्याई पुराउन शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको तर, अहिले नगरपालिकाले विद्यालयलाई धराशायी बनाउन लागेको उनीहरुको आरोप छ ।

के हो प्रधानाध्यापक नियुक्त विवाद ?

नगरपालिका भित्र रहेका ५१ वटा विद्यालयका प्रधानाध्यापकका लागि २०८१ साउन ४ गते पालिकाले खुल्ला आवेदन माग गरेको थियो । विज्ञ छनोट समूहले आवेदक शिक्षकहरूको भाद्र ५ र ६ गते प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ता लिइएको थियो । उक्त प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ताको आधारमा नगरपालिकाले नतिजा सार्वजनिक गरेको थियो । जसमा २७ जना प्रधानाध्यापकहरू खुला प्रतिस्पर्धाबाट छनोट भएका थिए ।नगर प्रमुख खडक बहादुर रावतले २७ जना प्रधानाध्यापकहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै आइतबार सम्बन्धित विद्यालयमा हाजिर हुन भनिसकेका थिए । 

घोडाघोडी नगरपालिकाको शिक्षा नियमावली २०८० ९संशोधन सहित० को अनुसूची १५ मा उल्लेखित मापदण्डका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरेको जनाएको छ ।

नगरपालिकाले जुन ऐन आफैले तयार गरेर प्रधानाध्यापक नियुक्त गरेको छ , उक्त ऐन संघीय कानुनसँग बाझिएको छ ।संघीय कानुनसँग बाझिएको अवस्थामा स्वतह स्थानीय तहको कानुन रद्द हुन्छ ।

‘शिक्षा नियमावली, २०५९ को नियमावलीमा विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरूमध्येबाट दरखास्त आह्वान गरी जुन तहको विद्यालय हो सोही तहका शिक्षकले विद्यालय व्यवस्थापन समितिसमक्ष विद्यालय विकास प्रस्ताव पेस गर्न पाउने स्पष्ट व्यवस्था गरिइएको छ। तर, नगरपालिकाले भने निमावि तहको स्थायीलाई पनि मावि तहको प्रधानाध्यापक तोकेको छ । जुन प्रस्ट रूपले गैर कानुनी देखिन्छ ।

शिक्षा नियमावली, २०५९ विपरीत नगरपालिकाले बनाएको कानुनमा भनिएको छ, ‘ विद्यालयमा कम्तीमा पाँच वर्ष विद्यालयमा कम्तीमा पाँच वर्ष स्थायी् अस्थायी् राहत  अनुदान कोटा अनुदान कोटामा शिक्षकको रुपमा शिक्षण अनुभव भएको, संघीय ऐन तथा सो ऐन अन्तर्गत बनेको नियमावली बमोजिम शिक्षक बन्ने योग्यता भएको तथा विद्यालय स्तरीय प्रधानाध्यापक छनोट समितिले सिफारिस गरेको व्यक्तिलाई पाँच वर्षको लागि स्थानीय शिक्षा अधिकृतले सामुदायिक विद्यालयको प्रधानाध्यापकको पदमा नियुक्ति गर्नेछ ।’

प्रधानाध्यापकको पदमा नियुक्ति गर्न शिक्षा नियमावली बमोजिम नगरपालिकाले शैक्षिक सत्रको सुरुमा विज्ञापन गर्ने नगरपालिकाको कानुनमा रहेको छ । तर, संघीय शिक्षा नियमावलीको

प्रधानाध्यापक र शिक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकारमा प्रधानाध्यापकको नियुक्ति सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।

व्यवस्थापन समितिले सामुदायिक विद्यालयमा जुन तहको विद्यालयको प्रधानाध्यापक हुने हो सोही तहमा कार्यरत स्थायी शिक्षकहरूमध्येबाट अनुसूची–१३ बमोजिम कम्तीमा सत्तरी अङ्क ल्याउने दुई जना शिक्षकको नाम प्रधानाध्यापक नियुक्तिको लागि जिल्ला शिक्षा अधिकारी समक्ष सिफारिस गर्नेछ उक्त व्यवस्था भनिएको छ ९३० उपनियम ९२०बमोजिम सिफारिस भएका शिक्षकहरूमध्ये सबभन्दा बढी अङ्क ल्याउने शिक्षकलाई जिल्ला शिक्षा अधिकारीले प्रधानाध्यापकको पदमा नियुक्ति गर्नेछ ’

संघीय शिक्षा नियमावली विपरीत यस अघि काठमाडौँले पनि मागेको ७१ प्रधानाध्यापक पदमा १५० वटा आवेदन परेको थियो ।

तर तत्काल खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति नगर्न भन्दै काठमाडौँ महानगरलाई उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको थियो ।खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्न लागेको भन्दै परेको मुद्दामा उच्च अदालत पाटनले ‘नियम कार्यान्वयन नगर्न’ अन्तरिम आदेश जारी गरेको हो । त्यस्तै बुढानीलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रियामा अदालतले रोक लगाएको थियो ।सर्वोच्च अदालतले तत्काल प्रक्रिया अगाडि नबढाउन उत्प्रेषण परमादेश समेतको आदेश जारी गरेको हो।

यता घोडाघोडीमा पनि शिक्षा ऐन विपरीत रहेको र अदालतले पनि रोक लगाइसकेको विषयमा नगरपालिकाले जबरजस्ती गरेको भन्दै राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्रधानाध्यापक रामप्रसाद गौतमले साउन १३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । व्यवस्थापन समितिले पनि आफ्नो अधिकारमाथि नगरपालिकाले हस्तक्षेप गरेको भन्दै सर्वोच्चमा रिट दिएको छ । जनज्योति माध्यमिक विद्यालय सुन्दरपुरका ठम्मन बोहरा र दशरथ नमुना माध्यमिक विद्यालयका धुर्व विष्टले दायरको गरेको रिटमा पनि फैसला भएको छैन ।

शिक्षा नियमावली विपरीत खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको विषयमा शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले नगरपालिकाको शिक्षा नियमावली अनुसार खुल्ला विज्ञापन गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखियो

धनगढी/कैलालीमा एक बजारको नाम परिर्वतन गरिएको छ । जिल्लाको बर्दगारीया गाउँपालिका –४ मा पर्ने साविकको मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखिएको वडा अध्यक्ष

अझै पढ्नुहोस्
समाचार

केराबारिमा मृत अवस्थामा चितुवा फेला

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ रहेको मा रहेको सत्तिकर्णाली सामुदायिक वन उपभोक्ता समूह छेउ मा रामजानकी टोलमा मृत अवस्था चितुवा फेला परेको छ

अझै पढ्नुहोस्