एकता बचत तथा ऋण सहकारीकाे वार्षिक साधारणमा सहकारीका संस्थापक अध्यक्ष बुढा सम्मानित

शेयेर गर्नुहोस

धनसरा बुढा
टीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाकाे नवाै वार्षिक साधारण सभाले सहकारीका संस्थापक अध्यक्ष लाेक बहादुर बुढालाइ सम्मान गरेकाे छ ।

शनिवार टीकापुर नगरपालिका वडा नं. १ ब्यवसायक्षेत्र स्थित सहकारी संस्थाकाे नवाै वार्षिक साधारण सभामा सहकारीका संस्थापक अध्यक्ष लाेक बहादुर बुढालाइ सम्मान गरेकाे हाे ।
सहकारी संस्थाका अध्यक्ष झपट बहादुर बुढाकाे अध्यक्षतामा भएको साधारण सभामा टीकापुर नगरपालिकाका उप प्रमुख केशरी रावल विष्ट प्रमुख अतिथि रहनु भएको थियाे । सहकारी संस्थाका उपाध्यक्ष देबसरा ऐरकाे स्वागत मन्तव्य संगै सुरु भएको वार्षिक साधारण सभामा जन कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भद्रि प्रसाद भट्टराई विशिष्ट अतिथि रहनु भएको थियाे ।

?

साधारणसभाले असल बचत कर्ता मन्धरा ठकुल्ला, असल ऋणि कालू सिंह बुढा, उत्कृष्ट कर्मचारी बिक्रम कडायत, असल शेयरधनि बम बहादुर साेडारी र नवाै वार्षिक उत्सवमा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने १८ जना रक्तदातालाई समेत प्रमाण पत्र र खादा ओडाएर सम्मान गरेको थियो ।

सहकारी संस्थाले आर्थिक वर्ष २०७७/ ०७८ मा १२ लाख ३१ हजार ४९३ रुपैयाँ नाफा कमाउन सफल भएको छ भने ९६ लाख ३४ हजार २१६ रुपैयाँ बराबरकाे काराेवार गरेकाे छ । सहकारी संस्थामा ३७३ जना शेयर सदस्य रहेका छन भने २३ लाख ४४ हजार शेयर पुजि रहेको छ । सहकारीले यस चालू आर्थिक वर्षमा ऐम्वुलेन्स खरिद गरि संचालनमा ल्याउने जनाएको छ । सहकारी संस्थाले रेमिटान्स सेवा समेत संचालन गरेकाे छ भने बैंकिग सफ्टवेयरबाट सेवा सुरु गरेको छ ।

साधारण सभामा सहकारी संस्थाका सल्लाहकार समितिका सदस्य झनक प्रसाद तिमिल्सिना, नव दुर्गा आधारभुत विद्यालयका प्रधानध्यापक राम प्रसाद भट्टराई, गंगा जमुना सहकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद भट्टराई, जनता कृषि सहकारी संस्थाका उपाध्यक्ष माेतिराम भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियाे भने कार्यक्रम संचालन सहकारी संस्थाका सचिव रवीन्द्र विष्टले गर्नु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सब २०८० पौष २६ देखि सुरु हुँदै

जमुना न्युरे/कैलालिको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सबको आयोजना हुने भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यहि पौष २६ देखि महोत्सब सुरु

अझै पढ्नुहोस्
समाचार

सुदुरपश्चिम मुख्यमन्त्री शाहका पुजनिय पिताको ८४औ बसन्तका दिन मोहन चन्द्र शान्ति अक्षयकोषको निर्णय गरि आर्थिक सहयोगको घोषणा

मिति २०८०/०८/११ गतेका दिन सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्युका पुजनिय पिता नेपाल प्रहरीका पुर्ब प्रहरी वरिष्ठ उपरीक्षक (SSP)श्री मंगल बहादुर

अझै पढ्नुहोस्