टिकापुरमा एकैदिन ७४ जना एमाले प्रवेश

शेयेर गर्नुहोस

टीकापुर ८ कालीमाटीमा सनिश्चवार एकै गाउँका ७४ जनाले एमाले प्रवेश गरेकाछ्न ।
टीकापुर ८ वडा कमिटीको आयोजनामा सम्पन्न भएको प्रवेश कार्यक्रममा कालीमाटी गाउँका ७४ जनाले एमाले प्रवेश गरेका हुन ।

प्रवेश कार्यक्रम पुर्ब पार्टीका युवाहरुले स्वस्फूर्त मोटरसाइकल र्याली गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि एमाले कैलालीको जिल्लाकमिटी अध्यक्ष रतन थापा तथा बिशिस्ट अतिथि जिल्ला सचीव दान बहादुर विकको उपस्तिथि रहेको थियो । नवप्रवेशीलाइ उहाँ टीका लगाएर जनताको हकहितका पक्षमा काम गर्नुपर्ने भन्दै स्वागत गरिएको थियो ।

अतिथिमा पार्टी प्रदेशकमिटी सदस्य मीन बहादुर कडायत,राम कृष्ण चौधरी , रेवन्त साउद ,जिल्ला कमिटी सदस्य प्रेम साउद ,ध्रुब परियार ,टीकापुर नगर अध्यक्ष धुर्ब खत्री ,उपाध्यक्ष कृष्णा चौधरी ,नगर सुकुम्बासीका अध्यक्ष लोकेन्द्र खड्का , राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा वडा कमिटी १ का अध्यक्ष भुपेन्द्र साउद लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि रतन थापाले बाढीले क्षति पुगाएका किसानलाइ समयमा क्षेती पुर्ती नमिल्नु सरकारको कमजोरी रहेको बताए । बिशिस्ट अतिथि दानबहादुर बिकले अब नेकपा एमालेको लहरलाई कसैले चुनौती दिन नसक्ने यसरी देश भरी प्रवेशको लहर चलिरहने निर्वाचनमा परिणाम देखिने गरि एमाले अधि बढेको बताए ।

टीकापुर ८का नेकपा एमाले वडाकमिटी अध्यक्ष हिरासिह टमट्टाको अध्यक्षतामा भएको प्रवेश कार्यक्रमलाई संचालन बिरबहादुर साउदले गरेका थिए ।

हालै चितवनमा सम्पन्न नेकपा एमालेको दशौ महाअधिवेशन पछि आफुहरु पार्टी प्रति आकर्षण भएर पार्टी प्रवेश गर्ने निर्णय गरेको नव प्रवेसी हरुकाे भनाइ थियो ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन्यजन्तु हिँड्ने बाटोमा फोहोर बिसर्जन, डम्पिङ साइट हटाउन नौ वर्ष देखि गौरीगङ्गा नगरपालिकाद्वारा आनाकानी

जमुना न्युरे/कैलालीमा वन्यजन्तु हिँड्ने बाटोमा नगरपालिकाले फोहर बिसर्जन गर्ने गरेको छ । केही दिनका लागि अस्थायी रुपमा ‘डम्पिङ साइट’ बनाउन अनुमति लिए पनि गौरीगङ्गा नगरपालिकाले

अझै पढ्नुहोस्