टीकापुरमा ठेकेदारकाे लापरवाहिले यात्रुलाई सास्ती, खाल्टा खनि मुल सडक अवरुद्ध गर्दा दुर्घटना हुने सम्भावना

शेयेर गर्नुहोस

टीकापुर/ काहिँ नभएको जात्रा हांँडिघाउँमा भने झै टीकापुरमा कालाेपत्रे निर्माणकार्यमा ठेकेदारकाे ढिलासुस्ति र सडक अवराेधका कारण यात्रुहरुलाइ सास्ती भएको छ । कैलालीको टीकापुर नगरपालिका १ स्थित टीकापुर खक्काैला सडक खण्डको जमारा पुल देखि बसपार्क सम्मकाे सडक कालाेपत्रकाे जिम्मा पाएकाे ठेकेदार कम्पनीले मुल सडक खण्डमा ठुला ठुला खाल्डा खनेर सडक अवरुद्ध गरेका कारण सर्वसाधारण तथा यात्रुलाई समस्या भएको छ ।

कालाेपत्र निर्माणको काम सुरु गरेको निर्माण कम्पनीले टीकापुरकाे जमरा पुल देखि वसपार्क सम्म जाेड्ने सबै जसाे मुल सडकहरुमा खाडल खनेर अवरुद्ध गर्दा एकातिर यात्रुहरुलाइ आवत जावतमा समस्या भएको छ भने रातिकाे समयमा दुर्घटना हुने सम्भावना बढेको छ ।

निर्माणको जिम्मा पाएकाे ठेकेदार कम्पनीले एक साइट कालाेपत्रेकाे काम गरि अर्को साइटबाट यातायात सन्चालन गर्नुपर्नेमा पुरै सडक अवरुद्ध गर्दा समस्या भएको हाे ।

मुल सडकमा नै गहिरा गहिरा खाल्टा खनि बाटाे अवरुद्ध गर्दा आकस्मिक रुपमा संचालन हुने एम्बुलेन्सलाई समेत अस्पताल सम्म पुग्न समस्या भएको छ ।

यसरी ठेकेदारको लापरवाहीबाट भएको समस्यालाई स्थानीय सरकारले समेत चासाे देखाएको छैन । यता तिर स्थानीय सरकारकाे ध्यान जान जरुरी छ ।

ताजा खबर

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

1win Slot Bonus Rounds Compared

Just how to Validate an ESA Letter: A Comprehensive Overview

Exploring the most effective ESA Letter Site According to Reddit Users

सम्बन्धितखवर

छुटाउनु भयो कि !