नियम विपरित सामाजिक सुरक्षा भत्ता लिनेबाट गरायो करिब आधा करोड फिर्ता

शेयेर गर्नुहोस

असोज १० सुखड– लाेकु सिंह ठकुरि/ कैलालीको बर्दगोरिया गाउँपालिकाले नियम विपरीत सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरूबाट करिब आधा करोड रुपैयाँ फिर्ता गराएको छ । विगत देखी नै एकै व्यक्तिले फरक विवरण राखी २ देखी ४ वटा सम्म बैङ्क खाता खोली भत्ता लिने गरेको तथ्य फेला परेपछि पालिकाले भत्ता वितरणमा कडाइ गरेको थियो । गत आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म रकम बुझ्न नआएका, मृतकको लगत कट्टा नगरेका तथा एकै व्यक्तिले धेरै खाताबाट रकम बुझ्ने गरेकाहरूबाट पालिकाले ४३ लाख ४७ हजार ४ सय २६ रुपैयाँ फिर्ता गराएको हो । यस्तै दोहोरो सरकारी सुविधा लिएका ३ जना जनप्रतिनिधिहरूबाट पालिकाले बिगो सहित ४ लाख ९६ हजार रुपैयाँ समेत असुल गरेको छ । “हामीले भत्ता वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने क्रममा एकै व्यक्तिले ४ वटा बैङ्क खाताबाट पनि भत्ता बुझेको देखियो ।” पालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख मदन जोशीले भने,… “त्यस पछि हामीले भत्ता वितरण प्रक्रियालाई कडाइ गरी निगरानी बढायौ ।

फलस्वरूप यो पटक दोहोरो भत्ता कसैले पनि लिन पाएनन् । हुन त भत्ता लिन नै नआएका र मृतकको लगत कट्टा नगरिएकाहरू पनि छन् तर २ देखी ४ वटा सम्म बैङ्क खाता खोली दोहोरो भत्ता बुझ्नेहरूको पहिचान गरी हटाएका छौ ।” विगत देखी नै अस्तव्यस्त तरिकाले भत्ता वितरण गर्ने वडाहरू मध्ये वडा नम्बर १ को कार्यालय पहिलो नम्बरमा देखिएको छ । गत आर्थिक वर्षमा सो वडाबाट १२ लाख ३ हजार ४ सय ४० रुपैयाँ फिर्ता गएको छ ।

यस्तै वडा नम्बर २ बाट ११ लाख ५९ हजार ९४ रुपैयाँ, वडा नम्बर ३ बाट ४ लाख ३२ हजार ६५ रुपैयाँ फिर्ता भएको छ भने वडा नम्बर ४ बाट २ लाख ५९ हजार ७ सय ३५ रुपैयाँ फिर्ता भएको छ । यसै गरी सबै भन्दा कम वडा नम्बर ५ बाट १ लाख ४२ हजार ७ सय ९६ रुपैयाँ फिर्ता गरिदा वडा नम्बर ६ बाट ६ लाख ९० हजार २ सय ९२ रुपैयाँ फिर्ता गएको छ । “जसले विगत देखी नै सिस्टममा भत्ता वितरण गरेका थिए उनीहरूको धेरै रकम फिर्ता गएन ।” पालिकाका कार्यकारी अधिकृत अर्जुन सिंह कार्कीले भने,… “जसले विगत देखी नै अस्तव्यस्त तरिकाले भत्ता बाडेका थिए, उनीहरूको रकम भने बढी फिर्ता भएको छ ।

हामी कोही नछुट्ने र कोही नदोहरिने गरी प्रभावकारी सिस्टमको विकास गर्दै छौ । अव विगतको जस्तो समस्या आउँदैन ।” पालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ४ सय लाभान्वितहरूका लागी ८ करोड ३ लाख २२ हजार ४ सय ९९ रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापत वितरण गरेको छ । गत वर्ष भत्ता बुझेका मध्ये चालु आर्थिक वर्षमा ३ हजार २८ जनाले मात्रै आफ्नो विवरण नवीकरण गराएका छन् ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !