सामाजिक व्यक्तित्व जैशीको निधन

शेयेर गर्नुहोस


सत्ति÷ टीकापुर ७ सत्ति स्थित भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष तथा सामुदायिक सहकारी संस्था सत्तिका जिल्ला प्रतिनिधि देवेन्द्र प्रसाद जैशी(ढुंगाना)को बिहीबार निधन भएको छ ।
४८ वर्र्षीय ढुंगाना कलेजो सम्बन्धिको रोगबाट पिडित रहेका थिए । २०३० सालमा जन्मिएका जैशीले नेपाली कांग्रेसको राजनिति संगै सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । स्व जैशीको अहिले साढे नौ बजे कर्णाली स्थित सत्तीघाटमा अन्तिम संस्कार हुने जानकारी पारिवारिक श्रोतले जानकारी दिएको छ ।


स्व. जैशी सत्ती कर्णाली सामुदायिक वनको कोषाध्यक्ष, सामुदायिक रेडियोको सञ्चालक सदस्य,रेडक्रस नारायणपुर उपशाखाको सभापति, सामुदायिक सहकारी सत्ति,सामुदायिक मेलमिलाप केन्द्र लगायतका विभिन्न संस्थामा रहेर सामाजिक काम गरेका थिए । नेपाली काँग्रेसको राजनीतिमा सक्रीय रहेका जैशी नेपाली काँग्रेसको तत्कालिन नारायणपुर गाउँ कार्य समिति सभापति र हाल टीकापुर नगर कार्यसमितिको सहसभापति रहेका थिए । जैशीका २ छोरा १ छोरी छन् । स्व. जैशीको असामयिक निधनले यहाँको राजनैतिक , सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको भन्दै सामाजिक संजाल मार्फत समवेदना व्यक्ति गरिएको छ । स्व. जैशीको अप्रत्यासित निधन प्रति सत्ती कर्णाली अनलाइन परिवार हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक

धनगढी/धनगढीमा नयाँ बर्षको अवसरमा हुन गईरहेको फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टर बनेको छ । फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा आगामी चैत २७ र २८

अझै पढ्नुहोस्
समाचार

कैलाली–५ मा विकासको खाका सार्वजनिक : कांग्रेस उम्मेद्वार मनु शाहको ८ बुँदे प्रतिबद्धता

धनगढी- नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नरनारायण शाह (मनु) ले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो

अझै पढ्नुहोस्